arrow

आमा र बहिनी बिरामी भन्दै क्वारेन्टाइनबाट सशस्त्र र नेपाल प्रहरीको आँखा छली मिजार फरार

logo
रासस,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
Lamjung-hamrakura.jpg.jpeg

लमजुङ । बेँसीशहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ । 

कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ आइपुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको छ ।

घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ भन्दै चितवनबाट साइकलमा बेसीशहर आइपुगेका नगरपालिका ६ पुमागाउँका १८ वर्षीय  मिजार क्वारेन्टाइनबाट सम्पर्कविहीन भएपछि खोजिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । 

बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगल भागेपछि हालसम्म नभेटिएको उनले जानकारी दिए ।
 
उक्त क्वारेन्टाइनमा नौ जना छन् । त्यहाँ सशस्त्र  र नेपाल प्रहरीका दुईदुई  प्रहरी सुरक्षामा खटिएका छन् । उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन् ।  

उनकी आमा  र बहिनीको हात भाँचिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए । मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरी फरार भएका थिए ।

घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि तयार रहेको वडाध्यक्ष रिमालको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ