arrow

आरडिटी पोजेटिभको रिपोर्ट पिसिआरमा नेगेटिभ, यस्तो छ मुगुको अवस्था

logo
युद्ध बहादुर मल्ल, 
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona-test-mugu.jpg

मुगु । र्यापिड डाईग्नोस्टिक टेष्ट (आरडिटी) मा पोजेटिभ देखिएका मुगुका एक व्यक्तिको थ्रोट स्वाब पिसिआर परिक्षणमा नेगटिभ रिपोर्ट आएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयको स्वास्थ्यकर्मीहरुको टोलीले गत ४ गते खत्याड गाउँपालिकाको श्रीकोट स्वास्थ्य चौकीमा आरडिटी परिक्षण गर्दा सोहि गाउँपालिका वडा नं ५ का एकको रिपोर्ट पोजेटिभ आएको थियो ।

आरडिटी रिपोर्ट पोजेटिभ आएपछि शंकास्पद व्यक्तिको स्वाब पिसिआर परिक्षणका लागि शनिबार कर्णाली प्रदेश अस्पताल सुर्खेतको ल्यावमा पठाईएको थियो । 

सो स्वाबमा आईतबार स्वाबको पिसिआर परिक्षण हुँदा नेगेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी गराए । 

गत चैत ७ गते भारतबाट ५५ जना अन्य साथीहरुको साथमा नेपाल आएका उनीमा आरडिटी रिपोर्ट पोजेटिभ आएपछि जिल्ला नै त्रसित भएको थियो । सबै जना पिसिआर रिपोर्ट के आउने भनी प्रतिक्षामा थिए ।

योसंगै आईतबारसम्म मुगु जिल्लाका ६ जनाको पिसिआर र १७२ जना मध्ये १७१ को आरडिटि रिपोर्ट नेगेटिभ आएको छ भने १ जनाको आरडिटि परिक्षणमा पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालयका प्रमुख कृष्ण कुमार निरौलाले बताए । 

खत्याड गाउँपालिकामा मात्र ३०० जना बढी भारतबाट आएको र पहिलो चरणमा गरिएको आरडिटि परिक्षणमा एक जनाको रिपोर्ट पोजेटिभ आएपछि थप किड सहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्थान जुम्लाबाट डा शुनिल बुढथापाको नेतृत्वमा ६ सदस्यिय स्वास्थ्यकर्मीको टोली शनिबार खत्याड गाँउपालिका पुगेको थियो । 

शनिबबार दिनभरी खत्याड ५ खमालेमा प्रतिष्ठानको टोलीले ४० जना व्यक्तिहरुको आरडिटी परिक्षण गरेको र सबैको रिर्पोट नेगटिभ आएको खत्याड गाँउपालिका स्वास्थ्य शाखा उपसंयोजक हरि बहादुर बुढाले जानकारी गराए । 

जिल्लामा भारत लगायत तेसो्र मुलुकबाट आएका व्यक्तिहरु १००० जना भन्दा धेरै भएकाले उनीहरुको आरडिटि परिक्षण यथाशिघ्र गर्न र कोहि कसैलाई कोरोना भाईरस शंक्रमण भए अन्यमा नफैलिन दिन समय मै पत्ता लागोस् भनेर जिल्लामा प्राप्त १४० र कणाली स्वास्थ्य विज्ञान प्रतिस्ठानले ल्याएको आरडिटी किड अपुग हुने भएकाले थप १००० वटा थप आरडिटि किड सहित आवश्यक चिकित्सक टोली मुगु जिल्लाका खत्याड र सोरु गाँउपालिकामा  पठाई दिने व्यवस्था मिलाई दिन नेपाल सरकार कोभिड संकट व्यवस्टथापन केन्द्र, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य समुह काठमाडौ, गृम मन्त्रालय, कर्णाली प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिक्षदको कार्यालय, आन्तरिक तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रलालय र स्वास्थ्य विज्ञान प्रतिक्ष्ठान जुम्लालाई माग गत ५ गते जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेर पठाएको केन्द्रका संयोजक एवं प्रजिअ कृष्ण कुमार निरौलाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ