arrow

नाकाबन्दीले पश्चिम नेपालको पर्यटन व्यवसाय धरासयी

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1664515329.jpeg
यादव आचार्य, बर्दिया । लामो समयदेखि तराईमा भैरहेको आन्दोलन र भारतले गरेको अघोषित नाकाबन्दीले गर्दा पश्चिम नेपालको पर्यटन व्यवशाय धरासयी बन्दै गईरहेको छ । पेट्रोलियम पदार्थको आपूर्ति असहज र पर्यटन व्यवशायका लागि चाहिने अत्यावस्यक सामाग्रीहरुको अभाव हुन थालेपछि मध्य तथा सूदुरपश्चिम नेपालको पर्यटन व्यवसाय धरासयी बनेको हो । 

नेपालको तराईमा भैरहेको आन्दोलनको कारण देखाउँदै भारतले गरेको अघोषित नाकाबन्दीले पश्चिम नेपालका पर्यटन ब्यवसायीहरु समस्यामा परेका छन् । ब्यवशायलाई चाहिने खाद्यान्न लगायतका अत्यावस्यक सामाग्रीहरुको अभाव बढ्दै गएपछि व्यवशायहरु वन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् । 

देशमा भएको विषम परिस्थितीले गर्दा मनोरम प्राकृतिक सौन्दर्य वोकेका पर्यटकिय स्थलहरु सुनसान बनेको पोखराबाट घुम्न आएकी पर्यटक रविना पौडेल वताउँछिन् । ‘१० वर्ष अघि चिसापानी पुल घुम्न आउँदा धेरै भिड देखिन्थ्यो अहिले सुनसान छ । भारतले लगाएको अघोषित नाकावन्दी र तराईमा भएको आन्दोलनको प्रभावबाट सुनसान भएको हुनुपर्छ ।’ उनले भनिन् ।

कैलाली र बर्दियाको सीमाना तथा सूदुरपश्चिम कै प्रवेशद्वारका रुपमा रहेको कर्णाली नदीमा अवस्थित चिसापानी पुल र त्यस क्षेत्रको पर्यटकिय गन्तव्य यतिखेर ओझेलमा परेको देखिन्छ । देशको अर्थतन्त्रमा उल्लेखनिय भुमिका खेल्ने पश्चिम नेपालकै पर्यटन व्यवसाय पछिल्लो समय देशमा रहेको राजनितिक आन्दोलन र भारतले गरेको अघोषित नाकावन्दीको प्रत्यक्ष चपेटामा परेको छ । 

देशमा चलिरहेको आन्दोलन, दलहरु विचको बेमेल र भारतीय नाकावन्दीका कारण पर्यटन क्षेत्रमा पारेको असरले यस क्षेत्रका होटल व्यवसायीहरु पनि संकटग्रस्त अवस्थामा पुगेको टीकापुरका एक स्थानिय पर्यटकले वताए । उनले थपे कैलालीको टीकापुर क्षेत्रमा सुरक्षाकर्मी र थारु समुदायहरु विच भएको द्वन्दले पश्चिम नेपालको पर्यटन क्षेत्रमा थप त्रास थपिदिएको छ । अझ भारतले गरेको नाकाबन्दीले झनै सुन्यता बढेको उनले दोहोर्याए । 

भारतबाट लगाईएको अघोषित नाकाबन्दी र तराईमा भएको आन्दोलनको समस्याले आन्तरिक तथा वाह्य पर्यटकहरु आउन छाडेको ठाकुरद्वारा स्थित बर्दिया टाईगर रिसोर्टका म्यानेजर रामजी थापा वताउँछन् । अत्यावस्यक सामाग्रीको आपूर्तिमा आएको कमी र आन्दोलनको विषम परिस्थितीले गर्दा स्वदेशी तथा विदेशीबाट गरिएको अग्रिम होटल वुकिँग पनि फिर्ता गर्नु परेको पिडा उनले सुनाए । 

पश्चिम क्षेत्रको पर्यटन उद्योगले राज्यलाई ठूलो योगदान दिएको भएतापनि देशको परिस्थितीका कारण यस क्षेत्रको पर्यापर्यटन सुनसान अवस्थामा पुगेको पर्यापर्यटन विकास मञ्च, बर्दियाका अध्यक्ष कृष्णप्रसाद भट्टराईको अनुभव छ । पटक पटकको बन्द हड्ताल र भारतीय नाकाबन्दीले गर्दा त्यस क्षेत्रको पर्यटन ब्यवसायीहरु धरासायी बनेको छ उनले थपे पर्यटकिय क्षेत्रहरु अवलोकन तथा भ्रमणका लागि पर्यटकहरु आउन चाहाँदा चाहाँदै पनि विभिन्न अवरोधका कारण पुग्न सकेका छैनन् । पर्यटकिय क्षेत्रमा निर्वाध रुपमा आवागमन र सहज आपूर्तिको व्यवस्था गर्न उनले सरकारसँग माग गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ