arrow

कपिलवस्तुमा ‘सिडियो’ले कांग्रेसलाई वास्ता नगरेको आरोप

तरुण दल र नेपाल विद्यार्थी संघले राहत वितरण गर्दा पनि प्रजिअ पौडेलको अवरोध

logo
प्रकाशित २०७७ वैशाख ८ सोमबार
kapilvastu.png

कपिलवस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख प्रमुख जिल्ला अधिकारी (सिडिओ) दीर्घ नारायण पौडेलले नेपाली कांग्रेसलाई पटक पटक वाइपास गर्दै आएको आरोप लागेको छ।

पछिल्लो पटक आइतवार जिल्ला विपद व्यवस्थापन समितीमा अन्य दललाई वोलाएर नेपाली कांग्रेसलाई बैठकमा बोलाएनन् । सत्तापक्ष नेकपाका नेता लयायत अन्यलाई बैठकमा बोलाउने तर नेपाली काग्रेंसलाई बैठकमा नबोलाएको प्रति नेपाली कांग्रेस कपिलवस्तुले कडा रुपमा आलोचना गरेको छ ।

नेपाली कांग्रेस पार्टी सभापति एवं पुर्व सिंचाई राज्य मन्त्री सुरेन्द्रराज आर्चायले प्रजिअले सत्ता पक्षको मात्र कुरा सुन्ने र कांग्रेसको कुरा नसुन्ने आरोप लगाएका छन् ।

राष्ट्रीय दलको रुपमा रहेको र दास्रो ठुलो दल एवं जिल्लामा ५० प्रतिशत भन्दा वढि स्थानीय सरकार नेपाली कांग्रेसको नेतृत्वमा रहको अवगत गराउदै कांग्रेसलाई हरेक पटक फरक दृष्टिकोणले हेरेको भन्दै आपत्ती जनाएका छन् ।

‘जिल्लामा हुने निर्णय कांग्रेसलाई पनि थाहा हुनु पर्छ तर किन थाहा दिइन्न सत्ता पक्षको मात्र कुरा सुन्ने यो तरिका राम्रो भएन’ आर्चायले भने । लकडाउनको समयमा सरकारको नियम पालना गर्दे राहत तथा सहयोगमा जुटेको पार्टीलाई गरिएको विभेद सहन नसक्ने भन्दै लकडाउन पछि प्रजिअको ज्यादती विरुद्ध आन्दोलमा उत्रने चेतावनी समेत आर्चायले दिएका छन् ।

 

जिल्ला विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धी ऐनको परिच्छेद ‘७’ को दफा ‘छ’ मा राष्ट्यि मान्यता प्राप्त दलका प्रमुख वा प्रतिनिधी सदस्य रहने व्यवस्था छ ।  प्रमुख जिल्ल अधिकारी संयोजक रहने यो समितिमा राजनैतिक दललाई सदस्यको रुपमा राख्ने व्यवस्था छ ।

यस अघि नेपाली कांग्रेस नेतृत्व गरेको महाराजगंज नगरपालिका वडा नं ७ मा राहत वितरणमा अनियमिता भयो भनेर नेकपाले अवरोध सिर्जना गरेर तालावन्दी गरेकोमा पनि सत्ता पक्षको कुरा सुनेको कांग्रेसको ठहर छ । प्रजिअले अनुगमन गरी चामल ठिक छ भनेर ठहर गरेर आएपनि हालसम्म वडा कार्यालयको ताला खुल्न पाएको छैन । जसको कारण राहत तथा सामाजिक सुरक्षा वितरण गर्न सकिएको छैन । 

त्यस्तै जिल्लामा नेपाली कांग्रेस र भातृ संस्था तरुण दल र नेपाल विद्यार्थी संघले राहत वितरण गर्दा पनि प्रजिअ पौडेलले अवरोध गरेको नेपाली कांग्रेसका केन्द्रिय संदस्य एवं प्रतिनिधी सभा सदस्य अतहर कमाल मुसलमानले बताए ।

‘प्रजिअ भनेको जिल्लाको संरक्षक र समन्यवकारी भुमीका र सबै दललाई एकै आखांले हेर्नु पर्ने हो तर उहाँले केवल नेकपाका नेता तथा कार्यकर्ताको कुरा सुन्नु भएको छ’ कमालले भने ।  अन्य ठाउंमा स्थानीय तहले रातह वितरण गर्दा हुने तर कांग्रेसले नेतृतव गरेको ठाउँमा सर्वदलिय बनाउने भन्दै त्यसको आलोचना समेत कमालले गरे ।

यस बारेमा प्रजिअ पौडेलले बैठकमा कसैलाई नछुटाएको बताए । उनले भने प्राविधिक कमी कमजोरी हुन भएकोमा यसलाई बुझ्ने  बताए । राहतको बेला सबै मिलेर अगाडी बढिने उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ