arrow

आईपीएल क्रिकेट: पोलार्डको शानदार ब्याटीङले मुम्बई बिजयी

logo
प्रकाशित २०७३ वैशाख १६ बिहिबार
IPL_Polard_fielding.jpg.jpeg
काठमाडौं। मुम्बई ईण्डियन्सले कोलकाता नाईटराईडर्सलाई ६ विकेटले पराजित गरेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। कोलकाताका गौतम गंभिरले ४५ बलमा ५९ रन बनाएका थिए भने रविन उथप्पाले २० बलमा ३६ रनको योगदान दिएका थिए। मुम्बईका टिम साउदीले २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको मुम्ईले १८ ओभरमा ४ विकेटको क्षतिमा १७८ रन बनाउँदै ६ विेकटले खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो। मुम्बईका रोहित शरमाले ४९ बलमा ६८* रन बनाएका थिए। 
 
जीतका नायक केयरन पोलार्डले १७ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै ५१* रन बनाएका थिए।  पोलार्डले आउने बित्तिक्कै राजागोपाल शतिसको ओभरमा ३ छक्का प्रहार गरेका थिए। त्यही ओभरबाट खेल मुम्बईको तर्फ ढल्केको थियो। 
 
एक समय कोलकाताले खेलमा पकड बनाईसकेको थियो। १३ ओभरमा मुम्बईले ४ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। त्यसपछि आऐका पोलार्डले खेल सजिलैगरि मुम्बईलाई जीत दिलाएका थिए। यो सिजनको आईपीएलमा खासै राम्रो प्रदर्शन गर्न नसकेका पोलार्डले आज शानदार खेलको प्रदर्शन गरेका छन्। 
 
कोलकाताका सुनिल नारायणले राम्रो बलिङ गर्दै ४ ओभरमा २२ रन खर्चिंदै २ विकेट लिएका थिए। उनको बलिङ एक्सन शंकाको घेरामा रहेको थियो। उक्त शंकाबाट नारायणलाई आईसीसीले आईपीएल अगाडी गलत भनेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ