arrow

मौलानाले भने –हामीलाई पनि ज्यानको माया छ, किन लापरवाही गर्छौं र 

logo
सुरेश श्रेष्ठ, 
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
93907473_887594974998303_41.jpg

दाङ । तुलसीपुर उपमहानगरपालिकाले यहाँका विभिन्न मस्जिदहरुको अनुगमन गरेको छ । देशका विभिन्न भागमा रहेका मस्जिदहरुमा कोरोना भाइरस संक्रमित मुस्लिमहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका भित्र ३ वटा मस्जिदहरु रहेका छन् । तिनवटै मस्जिदको अनुगमनका क्रममा कोही पनि लुकेर बसेको पाएको थिएन । 

नगरप्रमुख घनश्याम पाण्डे, प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा अपार, संविधान सभा सदस्य अनारकली मियाँ ,वडा नं ५ का वडा सदस्य सुरेश कुमार श्रेष्ठ ,पत्रकार ,मानवअधिकार तथा शान्ति समाज ,सम्वाद समूह दाङ ,रेडक्रस लगायतले अनुगमन गरेका थिए ।

अनुगमनका क्रममा मस्जिदमा मौलाना (पुजारी) मात्रै रहेको पाइएको नगरप्रमुख पाण्डेले बताए । उनले तत्काल कोही भारत गएको या नगएको भन्ने वारेमा जानकारी दिएको समेत बताए । 

मुस्लिम समुदायका मानिसहरुले कोरोना संक्रमण बढेसँगै घरमै बसेर नमाज पढ्न थालेको बताएका थिए । उनीहरुले विभिन्न समुदायबाट आफुहरुप्रति गलत दृष्टिकोण राखिएको समेत बताए ।

 मस्जिदमा कोही पनि नआएको भन्दै कोरोना संक्रमणका वारेमा आफुहरु जानकार रहेको कुरामा जोड दिए । “हामीलाई पनि ज्यानको माया छ, किन लापरवाही गर्छौ र ?” मौलानाले भने ।

तुलसीपुरमा वडा नम्वर ५ पुरानो वसपार्कमा नेपाली जामे मस्जिद,अबु बकर मस्जिद र फैजाने मुस्तफा लगायतका ३ वटा मस्जिदहरु रहेका छन् । 

हरेक दिन नमाज पढ्नका लागि मस्जिदहरुमा मुस्लिमहरु आउने गरेको भएपनि कोरोना संक्रमणको त्रास पश्चात भने पूर्ण रुपमा बन्द रहेको मियाँले जानकारी दिए ।

उनले तुलसीपुरबाट कोही पनि मुलसमान बाहिर नगएकोले संक्रमणको त्रास नभएको समेत बताए । अनुगमनमा क्रममा उनीहरुले जुनसुकै बेला पनि मस्जिदको अनुगमन गर्न सकिने बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ