arrow

ललितपुरमा नेकपा कार्यकर्ताद्वारा कर्मचारीमाथि हातपात, वडाध्यक्षको भूमिका शंकास्पद

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
Mahankal.png

काठमाडौं । ललितपुरको महाङ्काल गाउँपालिका वडा नं १ बुखेलमा नेकपाका कार्यकर्ताले वडाका कर्मचारीलाई निर्मम कुटपिट गरेका छन् ।  

नेकपाले नै जितेको उक्त वडामा कार्यरत कर्मचारी रामकृष्ण सञ्जेललाई वडा अध्यक्ष खोम प्रसाद गौतमसँग निकट नेकपाकै कार्यकर्ताले सोमबार साँझ आक्रमण गरेका हुन् । 

घाइते भएका सञ्जेलको अनुहारमा चोट लागेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । कर्मचारीलाई आक्रमण गर्ने नेकपा कार्यकर्ता बाबु लामा पूर्व प्रहरी समेत हुन् । 

लामाको कुटाइबाट घाइते भएका सञ्जेललाई उपचारका लागि एम्बुलेन्समा सुमेरु अस्पताल ल्याइएको छ । 

वडाध्यक्ष गौतमसंग सम्पर्क गर्दा उनले के कारणले कुटाकुट भएको भन्नेबारे आफूले अहिलेसम्म जानकारी पाउन नसकेको मंगलबार बिहान बताए । 

राहतको विषयमा कुनै आक्रमण नभएको तर के कारणले भएको भनेर जानकारी पाउन नसकेको उनले बताए । 

आक्रमण गर्ने लामालाई समेत टाँका लगाउनु परेको उनले बताए । गौतमले भने, ‘आक्रमणको कारण नै थाहा पाउन सकिएन, उहाँहरुबीच त्यस्तो रिसइबी पनि भएजस्तो लाग्दैन ।’

तर अहिलेसम्म कारण नै थाहा नभएको बताउने गौतमको भूमिकालाई लिएर भने प्रश्न उब्जिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ