arrow

फागुनदेखी हराएका धनराज भाउन्नेमा मृत फेला, हत्या भएको आशंका

logo
विवेक मिश्र,
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
Murder-site-belbari.jpg

बेलवारी। मोरङको बेलवारी १० भाउन्नेस्थित मंगलवार विहान कानेपोखरी १ होक्लाबारीका धनराज बुढाथोकीको शव पिठारीको रुखमा झुण्डीरहेको अवस्थामा फेला परेका छन् ।

होक्लाबारीमा व्यवसाय गर्ने ५८ वर्षीय बुढाथोकी फागुन २५ गते धरानदेखी घर आँउदै गर्दा परिवारसंग फोन सम्पर्क भएको उनका छोरा महेन्द्र बुढाथोकीले बताए। उनका अनुसार त्यसपछि सम्पर्क नभएको र खोजीकार्य गर्दै जाँदा साँझ ७ बजे बुवाको मोवाईलको लोकेसन बिराटनगरमा देखाएको बताउँछन् ।

बुवाको शरिरमा रहेको केहि गरगहना र साथमा रहेको केहि पैसाको लोभमा कसैले बुवालाई हत्या गरेर झुण्डाएको हुनसक्ने छोरा महेन्द्र बताउँछन् । बुढाथोकीका २ छोरा  र १ छोरी रहेका छन् ।

मंगलवार विहान घाँस दाउरा लिन जंगल गएका ब्यक्तिहरुले महेन्द्र राजमार्ग भन्दा करिव सय मिटर उत्तर रुखमा झुण्डीरहेको अवस्थामा रहेको जानकारी गराएपछि इलाका प्रहरी कार्यलय बेलवारीबाट प्रहरी गएको थियो ।

पुर्ण रुपमा सडेर अनुहार चिन्न नसकिने अवस्थामा रहेको उक्त लाश आफ्नै बेल्टमा झुण्डीएको इलाका प्रहरी बेलवारीले जनाएको छ। प्रहरीका अनुसार उनको शरिरमा भेटिएको लाईसेन्सको आधारमा शव पहिचान भएको र परिवारलाई बुझाएर पोष्टमार्टमको लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ