arrow

मृत्युदण्ड दिनपूर्व दोषीलाई कानमा के भनिन्छ ?

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
mangal-pandy-hanging.jpg

काठमाडौं । विश्वका धेरै मुलुकहरुमा मृत्युदण्डको सजाय दिइन्छ । जसमध्ये भारत पनि एक हो । भारतमा पनि फाँसीको विषयमा विभिन्न चलचित्रमा पनि देखाइने गरिएको छ ।

यद्यपि फिल्ममा देखाइने फाँसीको दृश्य वास्तविक जीवनको भन्दा फरक हुने गरेको छ । जो कोहीलाई पनि त्यतिकै फाँसीको कठघरामा उभ्याइन्न । जसमा फाँसी दिने अपराधहरु, त्यसको लागि आवश्यक पर्ने समयलगायतका प्रक्रियाहरु सामेल हुन्छ ।

यस्तोमा फाँसी दिने व्यक्तिको कानमा केही कुराहरु सुनाइने गरिएको छ । यो कुरा भने धेरैलाई थाहा नहुन पनि सक्छ । भारतमा कुनै पनि अपराधीनलाई मृत्युदण्ड दिनुभन्दा केही समयअघि अपराधीको कानमा ‘मलाई माफ गर, म बाध्य छु’ भनेर फाँसी दिने व्यक्तिले भन्ने गर्छन् । उनीहरुले आफू सरकारको नोकर भएको, त्यसैले केह गर्न सक्दिन भन्दै फाँसीको डोरी तान्ने गर्छन् ।

फाँसी दिने कर्मचारी पनि निकै कडा हृदय भएको आवश्यक पर्छ । जो कोहीका लागि यो कामा निकै कठिन काम हो । एउटा दोषीलाई फाँसी दिएको उक्त कर्मचारीहरुलाई ३ हजार दिइने गरिन्छ । यदि आतंकवादीलाई फाँसी दिनुपर्ने भए यो रकम बढी हुन जान्छ ।

 भारतमा इन्दिरा गान्धीको हत्यारालाई फाँसी दिने कर्मचारीलाई २५ हजार रुपैयाँ दिइएको थियो । भारतमा जो कोहीलाई फाँसी दिनुपुर्‍यो भने बिहारको बक्सर जेलमा फाँसी दिने गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ