arrow

कोरोनालाई जितेर अमृत शाही पनि फर्किए घर, राज विक आइतवार फर्के 

सेती प्रादेशिक अस्पतालमा रहेका अन्य ३को अवस्था पनि सामान्य बन्दै

logo
भरत शाह,
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
corona-discharge-amrit-shah.gif

कैलाली। कोरोना संक्रमित धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ३४ वर्षीय अमृत शाही उपचारपछि स्वास्थ्यलाभ गरि घर फर्किएका छन् ।

लगातार कोरोनाको परिक्षमणको लगातार दुुई रिपोर्ट पनि नेगेटिभ आएपछि शाहीलाई घर पठाएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले जानकारी दिए। अब सेती प्रादेशिक अस्पतालमा ३ जना कोरोना संक्रमितको उपचार भइरहेको उल्लेख गर्दै उनिहरुको अवस्था पनि सामान्य रहेको डा जोशीले बताए।

नेपालको चौथो सङक्रमित शाही झण्डै एक महिना सेती प्रादेशिक अस्पताल बसेपछि घर फर्किएका हुन । चैत ११ गते कोरोनाको आशंकामा अस्पताल पुगेका शाहीलाई केन्द्रीय प्रयोगशालाले चैत १४ गते कोरोना भएको पुष्टी गरेको थियो ।

उनी चैत ७ दुवईबाट दिल्लीहुँदै काठमाडौ आइपुगेका थिए भने चैत ८ गते बुद्ध एअरबाट नेपालगञ्ज आएका थिए । सोही दिन उनी त्यहाँबाट अटोरिक्सामा कोहलपुर र कोहलपुरबाट अत्तरियासम्म माइक्रो वसमा गइ त्यहाँबाट बसमा धनगढी घर पुगेका थिए ।

तीन दिन घर बसेपछि उनी अस्पताल गएका थिए । उनीपछि उनको भाउजूमा पनि कोरोना देखिएको थियो । सेती अस्पतालमै उपचार गरिरहेकी उनकी भाउजूको पनि स्वास्थ्य राम्रो हुँदै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

आइतबार मात्रै लम्की चुँहाका राज विक पनि १६ दिन लामो उपचार पछि निको भएर  घर फर्किएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ