arrow

पाँच दिनअघि कोरोना संक्रमितको अप्रेशन गर्ने चार डाक्टरलाई कोरोना

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
covid-test-positive-corona.jpg

काठमाडौं । कोरोना भाइरसको उपचार गर्ने चिकित्सकलाई रोग सर्ने सबैभन्दा प्रवल सम्भावना रहन्छ । त्यस्तै भएको छ भारतको जयपुरमा । 

जयपुरको एसएमएस अस्पतालका चार डाक्टरलाई कोरोनाको संक्रमण भएको छ । चारै जनामा कोरोनाको कुनै लक्षण थिएन । 

उनीहरुको सम्पर्क आउनेहरुलाई पनि परीक्षण गरिएको छ । चारै जना डाक्टरले गत १७ अप्रिलमा कोरोना पोजेटिभ २२ वर्षीय युवकको पेटको अप्रेशन गरेका थिए । 

उक्त अस्पतालमा ८ डाक्टर, ५ नर्स २ वार्ड ब्वाय, १ ट्रली म्यान, ५ सुरक्षाकर्मी, आशा सहयोगी १ र एम्बुलेन्स ड्राइभर पनि संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ