arrow

युरोपा लिग: लिभरपुल भिल्लारियालसँग पराजित, सेभिया र डोनेत्स्क बराबर

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
villarreal-liverpool-2.jpg.jpeg
काठमाडौं। भिल्ला रियालले अन्तिम मिनेटमा गरेको गोलले लिभरपुल बिरुद्ध युरोपा लिगको सेंमिफाईनलको पहिलो लेगमा १-० गोलले बिजयी भएको छ। 
 
खेलको ९२औं मिनेटमा भिल्लारियालका एड्रियन लोपेजले गोल गर्दै भिल्लारियाललाई १-०ले बिजयी भनएका हुन्। अब अर्को बिहिबार एनफिल्डमा सेमीफाईनलको दोस्रो लेगको खेल हुनेछ। 
 
युरोपा लिगको अर्को सेमिफाइनलको पहिलो लेगमा मा युक्रेनको शख्तर डोनेत्स्क र स्पेनको सेभिया बिचको खेल बराबरीमा सकिएो छ। खेल सकिंदासम्म दुवै टोली बिच २-२ गोल भएको थियो। 
 
खेलको छैठौं मिनेटमा सेभियाका विटोलोले गोल्गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। २३औं मिनेटमा डोनेत्स्कका मार्लोसले गोल गर्दै खेल १-१ गोलको बराबरी गरेका थिए। 
 
डोनेत्स्कका स्टेपानेकोले खेलको ३६औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई २-१को अग्रता दिलाएका थिए। सेभियाका केविन गामेरियोले पेनाल्टी मार्फत गोल गर्दै खेल २-२ गोलको बराबरी गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ