arrow

पुरानो वटौलीका युवाहरुको सक्रियातामा पैदल यात्रीहरुको भोक मेटाउँदै

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख १० बुधबार
batauli.PNG

रुपन्देही । वर्दियाको वाँसगढी नगरपालिका वडा न– ६ बर्दिया घर भएका दिपेन्द्र थारुले बुटवल आईपुगेर पेटभरी खाना खाए । तर पनि उनको भोक नमेटिएको भान भैरहेको जनाई रहेका थिए । कति छाक भोकै हिँडेका उनी कहिले चाउचाउ, भुजा र पानी खाँदा मसिनो चामलको भात र तरकारीको स्वाद अझैं घरमा झैं थपेर खाँउ जस्तो लागेको वताए  ।

यस्तै उनले लकडाउनका कारण भोक भोकै लामो दुरीको यात्रा गरेको पिडा सुनाउँदै, उनले काठमाण्डौं देखीको पैदल यात्रामा भात,तरकारी बुटवल आएपछि मात्रै खान पाएको वताए । पुर्वपश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको पुरानो वटौलीमा दैनिक मजदुरीका लागि पुर्वी विभिन्न जिल्लाहरुमा गएका मजदुर जो अहिले पैदल हिँडेर गृह जिल्ला हिँडेकाहरुलाई निःशुल्क खानाको व्यवस्था गरिएको छ । यो कार्यमा पुरानो वटौलीका स्थानिय युवाहरुको सक्रियतामा उक्त कार्य भैरहेको छ । जसको नेतृत्व स्थानिय युवा मिलेन्द्र श्रेष्ठले गरेका छन् । 

वैशाख १ गते देखि खाना खुवाउँदै आएका वटौलीका युवाहरु राजनितिक स्वार्थ भन्दा माथि उठेर आफुहरु मानविय सेवामा तल्लिन हुँदै आएको नेतृत्वकर्ता श्रेष्ठको भनाई रहेको छ । उनी भन्छन् अहिले राजनितिक भन्दा संकटको वेला सामाजिक कार्यमा लाग्नु पर्ने वेला भएको वताए ।

लकडाउनले निम्त्याएको संकटताको परिस्थितीमा दैनिक ज्यालादारी मजदुरीका लागि गएका मानिसहरु डेरामा खाने कुराको व्यवस्था नहुँदा वाध्य भएर दिन रात भोकै पुर्वपश्चिम राजमार्गमा हिंँडिरहेको दृश्यले आफुहरुको मन निकै स्तब्ध हुन पुगेपछि पैदलयात्रीहरुको भोक मेटाउनलाई राहत दिनका लाटि निरन्तर रुपमा लागिपरेका बुटवल उप–महानगरपालिका वडा नं.२ का युवाहरु भोक पेटका पैदलयात्रीको पर्खाईमा राजमार्ग कुरेर वसेका हुन्छन् । 

प्रत्येकले आ–आफ्नो घरबाट चामल, आलु, तरकारी, दाल र तेल ईत्यादी संकलन गर्दै आईरहेको र अहिले सम्म उनीहरुले करिव १ हजार २ सय सम्म पैदलयात्रीहरुलाई खाना खुवाउनुको साथै सवारी साधनको व्यवस्था गरी घर पठाएको वताएका छन् । 

यसैविच स्थानिय एक युवाले भने काठमाण्डौं लगायत विभिन्न जिल्लाहरु बाट घर फर्किने ज्यालादारी मजदुरहरु भोकै खाली खुट्टा हिँडेको देख्दा उनिहरुको भोक मेटाउने र खाली खुट्टामा जुत्ता अथवा चप्पलको व्यवस्था समेत गरेर सडक नजिकै मेस सञ्चालन गर्दै आएको जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ