arrow

सगरमाथाको उत्तरी मोहोडामा चीनले राख्यो फाइभ जीको टावर

बेस क्याम्पदेखि ६५ सय मिटरसम्ममा ३ वटा स्टेशन र टावर

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
china-5g-sagarmatha-mt-everest.jpg

काठमाडौं। सगरमाथाको उत्तरी मोहोडाको ६५ सय मिटरको उचाईमा चीनले फाइभ जीको टावर तथा स्टेशन बनाएको छ। चीनको सरकारी संचार माध्यम पिपल्स डेलीले एक समाचार सामग्री टवीट गर्दै सगरमाथाको उत्तरी मोहोडाको वेस क्याम्पदेखी ६५ सय मिटरको उचाई सम्ममा फाइभ जीको टावर तथा स्टेशन बनाएको जनाएको हो।

सगरमाथाको उत्तरी मोहोडातर्फ फाइभ जी टावर राख्दै गरेको तस्विर र भिडियो सहित ट्वीट गरेको पिपल्स डेलीले टावर राखेपछि चीनको स्वशासित क्षेत्र तिव्वतको दक्षिण पश्चिममा रहेको झ्यामोलुङमाको टुप्पोसम्मै फाइभजीको पहुँच पुग्ने बताएको छ।

नेपालको आफ्नो क्षेत्रमा पर्ने सगरमाथाका बिषयमा चीनले विवाद गर्दै आएपनि तत्कालिन प्रधानमन्त्री विपी कोइरालाको पालामा यो विषय टुङगो लागि चीनले संसारकै अग्लो हिमाल सगरमाथा नेपालमा रहेको आधिकारीक रुपमा स्विकार्दै आएको छ।

फाइभ जी विस्तार संसारकै अग्लो ठाउँमा गरेको ब्राण्डिङ गर्ने नाममा चीनले सगरमाथामा टावर बनाएको हुनसक्ने बताइएको छ। संसारभर माउण्ट एभरेष्ट भनेर चिनिने संसारकै अग्लो ८,८४८ मिटर अग्लो सगरमाथालाई तिव्वती भाषामा झ्यामोलुङमा भनिन्छ। जहाँ चीनले अहिले फाइभ जीको ३ वटा वेस स्टेशन र टावर बनाइरहेको छ।

पिपल्स डेलीका अनुसार फाइभ जी वेस स्टेशनहरु सगरमाथाको उत्तरी मोहोडाको ५३ सय मिटरको वेस क्याम्पमा रहने छन्। त्यसैगरि ५८ सय मिटर र ६५ सय मिटरमा समेत टावर सहितका फाइभ जी बेस स्टेशन रहने छन्।

सगरमाथामा पनि फाइभ जी स्टेशन राख्ने कार्यको कतिपय वातावरणवादीहरुले विरोध गरेका छन्। सेटलाइट कनेक्सनबाट सम्पर्क हुने ठाउँमा फाइभ जीको स्टेशन र टावर बनाएर वातावरण विनाशमा लागेको उनीहरुले चीनमाथि आरोप लगाएका छन्। सगरमाथामा पनि इलेक्ट्रोम्याग्नेटीक रेडियसन व्यापक मात्रामा पुग्ने चिन्ता समेत कतिपयले व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ