arrow

कोरोना संक्रमणबाट बेलायतमा ४८ वर्षीय आइत बहादुर गुरुङको निधन

logo
प्रकाशित २०७७ वैशाख १० बुधबार
Aaita-bahadur-gurung-corona.jpg

लण्डन । बेलायतको वेम्ब्ली शहरमा बस्दै आएका ४८ वर्षीय आइत बहादुर गुरुङको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ ।

विगत केहि वर्ष अगाडी मुटुको अप्रेसन गरेका  गुरुङलाई श्वाप्रश्वासमा अफ्ठेरो भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा केहि दिन उनलाई ‘भेन्टिलेटर’मा समेत राखिएको थियो ।

गुरुङको निधनपछि अस्पतालले परिवारलाई उपलब्ध गराएको ‘रिपोर्ट’मा उनलाई  कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरिएको परिवारका सदस्य दीपक गुरुङले जानकारी दिए ।

लम्जुङ्ग जिल्ला आमाडाडा पुरानो गाउ पोखरा १० मिलन टोल, पुर्ख्यौली भएका मृतक गुरुङ पछिल्लो समय तनहु तमु समाज पोखराका सक्रिय सदस्य पनि थिए । उनी लामो समयदेखि परिवारसहित बेलायतमा बस्दै आएका थिए । उनको श्रीमती र एकमात्र छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ