arrow

कति छिटा छन् रगतका !!! – डा चन्द्र भण्डारी

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
chandra-bhandari-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले राजनीतिक परिवर्तनका लागि गरिएका प्रयास, भएको परिवर्तन, आफ्नो मेहनत र योगदानको कदर नभएको भन्दै गुनासो गरेका छन् । 

सामाजिक संजाल फेसबुकमा शुक्रबार बिहानै स्टाटस लेख्दै उनले नेपाली जनताले परिवर्तनको व्यवस्थाको व्यवहारिक पक्षको अनुभूति गर्न नपाएको भन्दै चित्त दुखाएका छन् । 

उनले लेखेका छन्, ‘राजतन्त्रबाट गणतन्त्र, प्रजातन्त्रबाट लोकतन्त्र प्राप्त भयो तर नेतृत्त्व परिवर्तन भएन । दुबै ब्यवस्थाको एउटै नेतृत्व । जसले गर्दा नेपालीले नयाँ ब्यवस्थाको ब्यवहारीक पक्ष्यको अनुभूति गर्न पाएनन् ।’

उनले युवाहरु विदेसिएर देशको विकास हुन नसक्ने भन्दै अगाडि लेखेका छन्, ‘पाखुरी विदेशमा बेचेर देशको विकास हुन सक्दैन । विदेशी शिक्षाले गणितीय ज्ञान त देला तर विवेक भोर्न सक्दैन । सडक त बनाउला तर दुर्घटनालाई रोक्न सक्दैन । हाम्रा नाममा भिक मागिएको छ । हामी बिकृका पसलका सामान  भएका छौं ।’

नेता भण्डारीले नेताहरुको मानसिकताका कारण पनि देशले उन्नति गर्न नसकेकोतर्फ सचेत गराउँदै लेखेका छन्, ‘विभाजित छ मानिस विचारको नाममा तर उसको नेता एउटै हो । नेता राम्रो भए परिवार राम्रो छैन । परिवार राम्रो भए साथी राम्रो छैन । यहाँ यही चक्र घुमी रहन्छ । जनता शब्दमा अल्झिन्छ । नेतालाई नागरिक्ता बेच्दा पनि पुग्दैन । कति छिटा छन रगत का । यहाँ दण्ड र पुरस्कार दिनेहरु पनि रसिद खोज्दछन् । यही हो मेरो देश ।’

उनले आफूले अहिलेसम्म भोगेको जीवन, गरेको त्याग र बलिदानीसमेत व्यर्थ गएको हो कि भन्ने प्रश्नमा अल्झिँदै लेखेका छन्, ‘मेरो कलिलो उमेरको पिटाई , ठेडुकाको बसाई , जेल जिवन के का लागि रु प्रश्नै प्रशनमा मेरो जिवन । यही हो मेरो देश ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ