arrow

सचिनको जन्मोत्सवः मनाएनन्, यसो भन्छन्  

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
sachin-tendulkar.jpg

काठमाडौं । भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरले यसपटक आफ्नो जन्मोत्सव नमनाउने भएका छन् । उनी सन् १९७३ को २४ अप्रिलमा जन्मेका थिए । 

उनी शुक्रबार ४७ सालका भए । तर यसपटक उनले जन्मोत्सव नमनाउने बताएका छन् । २४ वर्षसम्म नियमित क्रिकेट खेलेका क्रिकेटका भगवान्को उपमा पाएका तेन्दुलकरले भारतलाई उचाइमा पुर्याएका थिए । 

उनले देश ‘टीम इन्डिया’ भएकाले त्यसका कोही खेलाडी पनि आउन हुन नहुने बताएका छन् । सचिनले कोरोना भाइरसको विरुद्धमा युद्ध जित्न तब सकिन्छ जब मानिसहरु घरमै रहन्छन् र सरकारले जे भनिरहेको छ त्यो पालना गर्छन् ।’

उनले भारत लकडाउनमा रहेकाले आफूले जन्मदिन नमनाउने बताए । उनले भने, ‘हालत खराब छ । यस्तो समयमा खुशी मनाउनु उचित छैन । यसकारण आम मानिससंग घरमै रहन आग्रह गर्छु । सुरक्षित र स्वस्थ्य रहनुस् । परिवारको ध्यान दिनुस् । यही नै मेरो लागि खुशीको कुरा हो ।’

लकडाउन नमान्नेलाई उनले भने, ‘म लकडाउन सुरु हनु अघि १५ मार्चदेखि कसैसंग पनि भेटेको छैन । साथीहरुलाई पनि भेटेको छैन । सबैैलाई देशका लागि यही गर्नु जरुरी छ । हामीहरु एक जुट भएर कोरोना विरुद्ध लड्नु छ । नत्र हामीले जित्न सक्दैनौं । यो भाइरस कहिं पनि देखिँदैन । तत्काल पत्तो पनि लाग्दैन । जब पत्तो लाग्छ ढिला भैसकेको हुनेछ । तसर्थ मेरो जन्मदिनमा यही भन्छु कि जब म क्रिकेट खेल्थें तब सबैले मेरो लागि प्रार्थना गर्थे कि म आउन नहोउँ । मेरो पनि यही इच्छा छ कि तपाईहरु सबै नटआउट हुनुस् ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ