arrow

कोरोनाले खायो छ महिने बालिकालाई 

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
corona-baby-killed.jpg

काठमाडौं । कोरोना भाइरसले एक ६ महिनाकी बालिकालाई मारेको छ । कोरोना भएको पुष्टि भएको २६ घण्टासम्म लडेपछि बालिकाले दम तोडेकी हुन् । 

चिकित्सकले संक्रमणको पुष्टि भएको बताएपछि बालिकालाई बुधबार बिहान ११ बजे चन्डीगढस्थित पीजीआई अस्पतालको कोरोना वार्डमा सारिएको थियो । 

तर बिहीबार दिउँसो बच्चीले दम तोडेकी हुन् । बुधबार राति नै बच्चीलाई भेन्टिलेटर र ग्लूकोज चढाइएको थियो । 

बच्चीलाई पीजीआईको एडभान्स पेडियाट्रिक सेन्टरमा मुटुमा प्वाल परेका कारण उपचार भइरहेको थियो । त्यसपछि उनलाई संक्रमण भएको थियो । 

उनलाई ९ अप्रिलमा अस्पतालमा भर्ना गरिएको थियो । ६ महिनाकी भए पनि उनको वजन ३ किलोमात्र रहेको थियो । 

जन्मँदा उनको वजन साढे २ किलो रहेको थियो । त्यसपछि परिवारले जालन्धरको अपोलो अस्पतालमा ३६ दिनसम्म उपचार गराएपछि हृदयाघात भएको आशंकामा पीजीआईमा रिफर गरिएको थियो । 

त्यसपछि त्यहाँ बच्चीको सर्जरी गर्ने तयारी भएको थियो । त्यसअघि नै कोरोनाले उनलाई मारेको हो । 

बच्चीलाई कोरोना कसरी भयो भन्ने थुप्रै अड्कल गरिएका छन् । किनकि उनको परिवारका कसैलाई पनि कोरोना भएको छैन । 

बच्चीको सम्पर्कमा आएका १८ डाक्टरसमेत गरी ५४ स्वास्थ्यकर्मीको पनि टेष्ट रिपोर्ट नेगेटिभ छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ