arrow

गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान, रियो पुग्ने सम्भावना बलियो

logo
प्रकाशित २०७३ वैशाख १७ शुक्रबार
gaurika-swimming.jpg.jpeg
काठमाडौं । नेपाली पौडीवाज एवं साग पदकधारी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् । उनले आयरल्याण्डको डब्लिनमा भएको आइरिश ओपन पौडी च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान रचेकी हुन् । 
 
गौरिकाले सय मिटर फ्रिस्टाइल १ मिनेट १.७८ सेकेन्डमा पूरा गरेर नयाँ कीर्तिमान बनाइन् । योसंगै गौरिकाको अंक समेत सुधार भएको छ । जसले आगामी साउनमा ब्राजिलमा हुने रियो ओलम्पिकमा सहभागि हुने सम्भावना बलियो बनेको छ । १३ वर्षीया पौडीवाज गौरिकाले भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेदकुदमा पौडीको पहिलो ऐतिहासिक पदक तथा व्यक्तिगत चार पदक हासिल गरेकी थिइन् । 
 
पौडीको बरियता हेर्ने फेडरेशन इन्टरनेशनल डे नातासिओन (फिना) को मूल्याङ्कनमा उनको ६ सय ४७ अंक छ । रियो ओलम्पिकमा पौडीमा एक जनाले मात्रै सहभागिता जनाउन पाउने नेपाल पौडी संघले जनाएको छ । जसमा गौरिकाको सम्भावना बलियो भएर आएको छ । गौरिका शान्ति शिक्षा अभियानकी सद्भावना दूत समेत छिन् । उनले आफुले पाएका अवार्ड र पुरस्कार बालबालिकाको शिक्षार्थ हस्तान्त्रण गर्दै आएकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ