arrow

चक्र ठकुरीको स्मृतीमा नेविसंघले ८ हजारलाई पुग्ने दियो राहत

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
nsu-rahat.gif

काठमाडौं। कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि देश नै लकडाउनमा रहँदा सबैभन्दा बढि समस्यामा परेका श्रमजिवी मजदुर र अनाथहरुलाई नेपाल विद्यार्थी संघ काठमाडौं क्षेत्र नम्वर ३ ले राहत प्रदान गरेको छ ।

मजदुर तथा कामदारको हितमा सरकारले काम गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ३ ले काली पट्टि बाँधेर सो क्षेत्रका ११ स्थानमा रहेका १२ सय श्रमजिवी मजदुरलाई खाना खुवाएको हो । संघले झण्डै आठ हजार जनालाई पुग्ने खाद्यान्न समेत सहयोग गरेको छ ।

नेपाल विद्यार्थी संघले राजधानीका विभिन्न ठाउहरुमा खाना खुवाइरहेका क्लब, संघसस्थाहरुमा पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो । संघका अध्यक्ष राजेश अधिकारीका अनुसार ५० बोरा चामाल, नुनतेल र दाल लगायतका सामाग्रीहरु सहयोग गरेको बताए । उनका अनुसार राजधानीका जोरपाटी, बौद्ध, सुन्दरीजल लगायतका ठाउँमा खाद्य सामाग्री सहयोग गरेको हो ।

नेपाली कांग्रेस लोकप्रिय नेता चक्रबहादुर ठकुरीको ५ औं स्मृतीको अवसर पारेर लकडाउनका कारण भोकभोकै अलपत्र अवस्थामा रहेका मजदुरसँगै विभिन्न गरिव तथा विपन्न परिवारलाई खाना खुवाउनुको साथै विभिन्न परोपकारी संस्थाहरुमा पुगेर नेविसंघले राहत बितरण गरेको हो ।

उक्त कार्यक्रम नेपाली कांग्रेस महासमिति सदस्य बिमल ठकुरीको विशेष सहयोगबाट संचालन गरिएकोे नेबिसंघका नेता दुजाङ शेर्पाले जानकारी दिए । ‘नेबिसंघ सदैब जनताप्रती जिम्मेवार हुने संगठन भएकाले संकटको बेला सानो भएपनि राहातको कार्यक्रम संचालन गरिएको शेर्पाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ