arrow

अक्षय तृतीयाः दुर्लभ योग, यस्तो छ महत्व 

logo
प्रकाशित २०७७ वैशाख १३ शनिबार
akshaya-tritiya1.jpg

काठमाडौं । आइतबार बैशाख १४ गते अक्षय तृतीया । यो आफैमा निकै महत्वपूर्ण दिन हो । यसपटक यो दिन निकै राम्रो दुर्लभ योग परेको छ । 

स्वराशी शुक्रसंग चन्द्र र रोहिणी नक्षत्रको योग परेको छ । यो योगलाई लाभदायी मानिन्छ । रोहिणी नक्षत्रका स्वामी चन्द्रदेव हुन् । यो अक्षय तृतीयामा शुक्र–चन्द्रको युति वृष राशीमा रहने छ । वृष शुक्रको राशी हो र चन्द्रको उच्च राशी हो । यस दिन नक्षत्र नि रोहिणी नै हुनेछ । 

यो योग २३ वर्षपछि जुरेको पनि बताइएको छ । 

किन राम्रो दिन ? 
अक्षय तृतीयामा यदि रोहिणी नक्षत्र भएन भने खराव शक्तिले कब्जा जमाउँछ । तर यसपटक रोहिणी नक्षत्र छ । यो नक्षत्रमा चन्द्र वृष राशीमा हुनेछ । वृष चन्द्रको उच्च राशी हो । चन्द्र वनस्पतिको स्वामी हुनुका साथै धन र मनको पनि देवता हो । 

रोहिणी नक्षत्र हुँदा विश्वभरका लागि आगामी दिन सुखदायक हुने मान्यता छ । यसले विश्वभर फैलिएको कोरोना भाइरसको प्रकोपको असर कम हुने विश्वास गर्न सकिन्छ । 

शनि आफ्नै राशीमा रहँदा सूर्य र मंगल उच्चमा रहने छन् भने गुरु तल रहने छ । 

अक्षयको अर्थ–
अक्षयको अर्थ हो कहिल्यै क्षय नहुने । कहिल्यै नाश नहुने । जो स्थायी हुन्छ । यसैदिन परशुरामको जन्म भएको थियो । उनी चिरञ्जीवी हुन् । 

उनको उमेरको क्षय हुँदैन । त्रेतायुगको आरम्भमा यो तिथिबाट भएको थियो । त्यसैले यो तिथिलाई चिरञ्जीवी तिथि पनि भनिन्छ । 

यस दिन गरिएको दान, पूजा, हवन, दक्षिणाले फल पनि अक्षय नै हुनेछ । भगवान् नर–नारायण, हयग्रीवको जन्म पनि यसै तिथिमा भएको थियो । 

स्वयंसिद्ध हुने भएकाले पनि नयाँ कामको सुरुआत यसै दिन गर्दा धेरै राम्रो हुने मानिन्छ । 

यस दिन जौं गौं, चना, दही, चामल, फलको रस, दूधबाट बनेका मिठाई, सुन र जलले भरिएको कलश, अन्न र चिज दान गर्नुपर्ने मान्यता छ । 

अक्षय तृतीयामा जौंको सातु खाने मान्यता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ