arrow

लकडाउनबाट आहत मजदूरलाई नेपाल ट्रेड यूनियन काँग्रेसको राहत

logo
प्रकाशित २०७७ वैशाख १४ आइतबार

काठमाडौं । कोरोना भाइरस (केभिड—१९) को महामारीको रोकथाम र नियन्त्रणका लागि विगत १ महिना भन्दा बढी समयदेखि देशव्यापीरुपमा भएको लकडाउनका कारण दैनिक मजदूरी गरी जीविकोपार्जन गर्ने मजदूरहरुलाई यतिवेला सांझ बिहानको छाक टार्न धौधौ परेको छ ।

वर्तमान संकटले सबैभन्दा बढी मारमा परेका दैनिक ज्यालादारी काम गरी जीवनयापन गर्दै आएका मजदूरहरुलाई सकेसम्म सहयोग पुराउनु पर्दछ भन्ने उद्धेश्यले नेपाल ट्रेड यूनियन काँग्रेसका आवद्ध संघ, प्रदेश, जिल्ला र केन्द्रले आफ्नोसिमित स्रोत साधनलाई परिचालन गरी श्रमीकहरुको उद्धार गर्ने क्रममा खाना, यातायात व्यवस्था, खाद्य सामग्री र स्वास्थ्य सुरक्षाका सामग्री उपलव्ध गराउँदै आएको छ ।

यसै क्रममा आफ्नो घरतर्फ जान बाटोमा हिँडेका सर्लाही, प्यूठान, कैलालीका २२६ जना मजदूरलाई कलंकी क्षेत्रमा, बाग्लुङ्ग जिल्लाका १०० जना मजदूरहरु र रिक्सा तथा निर्माण क्षेत्रका २०० जना मजदूरहरुलाई गोंगवु वसपार्क क्षेत्रमा तथा शनिबार अपरान्ह कोटेश्वर क्षेत्रमा खाना खुवाउने कार्य सम्पन्न गरेको छ । 

कार्य नेपाल ट्रेड यूनियन काँग्रेसका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीको नेतृत्वमा महासचिव योगेन्द्र कुमार कँुवर, उपमहासचिवहरु गणेश के.सी.र राधिका कुईकेल र कोषाध्यक्ष मोहन वस्नेत, नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, नेपाल छापाखाना समद्ध श्रमीक संघका कार्यवाहक अध्यक्ष अर्जुन पाठक, नेपाल इम्ब्रोडरी, हैण्डीक्राफ्ट सिलाई बुनाई संघकी महिला नेतृ अर्चना थापा वस्नेत लगायतको सहभागितामा सम्पन्न भएको थियो ।

नेपाल ट्रेड यूनियन काँग्रेसका राष्ट्रिय अध्यक्ष पुष्कर आचार्यको निर्देशन बमोजिम लकडाउनका कारण सांझ विहान खान नपाई अलपत्र परेका मजदूरहरुको दैनिकी जीवनयापनलाई सहज बनाउन सक्दो सहयोग पुराउन शुरु भएको खाना खुवाउने कार्यक्रम जारी रहेको पनि काँग्रेसले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ