arrow

बिहानै महाकाली नदीमा किन हाम फालिन् सपनाले ? यस्तो छ अवस्था

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ वैशाख १४ आइतबार
Untitled-122.jpg

दार्चुला । आइतबार बिहानै महाकाली नदीमा हाम फालेकी व्याँस गाउँपालिका १ की ३० वर्षीया सपना तिंकरी ऐतवालको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ । 

नदीमा बग्दै आएकी ऐतवाललाई महाकाली नगरपालिका वडा नम्बर ५ गल्फै क्षेत्रबाट उद्धार गरि जिल्ला अस्पताल पुर्याइएको सशस्त्र प्रहरी वल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए । 

उनको अहिले जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको अस्पताल श्रोतले जनाएको छ । उनलाई छिट्टै अन्यत्रै रेफर गर्नुपर्ने देखिएको जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले बताए । 

उनले आइतबार बिहान ६ः३० बजेतिर महाकाली नगरपालिकाको वडा नम्बर ४ दुमपानीबाट हाम फालेको सशस्त्र प्रहरीले जनाएको छ । 

उनले किन नदीमा हाम फाले भन्ने बुझिएको छैन । ऐतवाल हाल महाकाली नगरपालिका वडा नम्बर ४ तिंकरखेडामा बस्दै आएकी छिन् । 

महाकालीमा हाम फालेकी ऐतवालको सामाजिक संजालमा केही व्यक्तिले मृत्यु भएको अपवाह फैलाए पनि खबर झुटो भएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ