arrow

बिरगञ्जका दुई कोरोना पोजेटीभ मध्ये एक दिल्लीबाट आएका र एक महानगरका सफाइ कर्मचारी

सफाइ कर्मचारी राहत वितरणमा पनि थिए सक्रिय

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ वैशाख १४ आइतबार
corona-test1.jpg

पर्सा। बिरगञ्जमा फेला परेका दुई कोरोना पोजेटीभहरुमध्ये एक दिल्ली मर्कजमा भाग लिएर आएका जमाती रहेको र एक बिरगञ्ज महानगरपालिकाका सफाइ कर्मचारी रहेको खुलेको छ।  

दिल्लीको निजामुद्धिनबाट फर्किएका ति जमाती केहि दिनदेखि सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा थिए।

बिरगंज महानगरपालिका वडा नं १६ घुसुपपुर टोलका उनको कोरोना पोजेटीभ देखिएपछि नारायणी अस्पतालमा उपचारका लागि लगिएको छ।  

कोरोना पोजेटीभ देखिएका वडा नं ३का अर्का व्यक्ति बिरगञ्ज महानगरका सफाई कर्मचारी हुन । कर्मचारीकै हैसियतमा उनी विरगञ्ज उपमहानगरपालिकाको राहत वितरणमा पनि सहभागि भएका थिए। अहिले महानगरका कमर्चारी सहभागि भएको कार्यक्रममा सहभागी सबैलाई क्वारेन्टीनमा राखेर स्वाब परिक्षण गर्न स्थानियहरुले माग गरेका छन्। 

वडा नं ३ का स्थानियको स्वाब संकलन गरि परिक्षण गर्ने क्रम जारी रहँदा उनको पोजेटीभ आएपछि थप उपचारका लागि नारायणी अस्पतालमा भर्ना गरिएको छ। 

बिरगञ्जको यि दुई केस सार्वजनिक भएपछि नेपालमा कोरोना पोजेटीभको संख्या ५१ पुगेको छ। यसअघी भारतबाट आएका ३ जना जमातीमा कोरोना संक्रमण देखिएको थियो। बिरगञ्जमा थप दुई जनालाई कोरोना संक्रमण भएपछि स्थानियहरु केहि तनावमा देखिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ