arrow

बाग्लुङमा जित शेरचनको नेतृत्वमा कांग्रेसद्धारा जिल्लाभर राहत वितरण, स्वास्थ्यकर्मी पनि लाभान्वित

logo
प्रकाशित २०७७ वैशाख १५ सोमबार
jit-sherchan-rahat-baglung.jpg

बाग्लुङ । बाग्लुङ जिल्लामा कोरोना भाइरसको संक्रमण र लकडाउनपछि राहत नपाएर खान समस्या पर्नेलाई नेपाली कांग्रेसले राहत बाँडिरहेको छ ।

कांग्रेस प्रदेश सभा (ख) का उम्मेदवार जित शेरचनको नेतृत्वमा प्रदेशसभा सभापति अर्जुन शेरचन लगायतको सहभागीतामा भइरहेको राहत वितरणका क्रममा अहिलेसम्म १९५ परिवारलाई बाँडिएको जित शेरचनले बताए। 

उनका अनुसार बाग्लुङ जिल्ला २ (ख) अन्तर्गतको ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका २२ वडामा खाद्यान्न वितरण गरिएको छ । 

तमानखोलामा १९५ घरलाई राहत वितरण भइसकेको शेरचनले बताए । जम्मा ६०० घर धुरीमा राहत बाँड्ने लक्ष्य रहेको उनले बताए । 

बाँकी राहत मंगलबारदेखि बाँड्न थालिने उनले बताए। राहत अन्तर्गत प्रति परिवारलाई २० केजी चामल, १ प्याकेट तेल, १ प्याकेट नुन र साबुन रहेको छ ।

त्यसैगरी स्वास्थ्यकर्मीका लागि पनि स्वास्थ्य सामग्री बाँडिएको शेरचनले बताए । प्रदेश क का सबै स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री बाँडिएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ