arrow

नारायणचौरको ३० करोडको जग्गामा जोडिएको सर्वेन्द्र, किसान र संजयको कनेक्सन  

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख १५ सोमबार
sarvendra-kisan.jpg

काठमाडौं। तत्कालिन संघीय समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवको ‘ अपहरण ‘ काण्डमा जोडीएका तनहुँका दुई पात्र यतिखेर चर्चामा छन्। वहालवाला संघीय सांसद र निवर्तमान प्रहरी महानिरिक्षक (आइजीपी) जोडिएको घटना चर्चामा हुनु स्वभाविकै हो। त्यसमा नेकपाका यूवा चेहरा र ‘पोष्टर व्वाई’ महेश बस्नेत जोडिएपछि त्यसले उच्च तहको प्रचार पाउनु अझ स्वभाविक थियो। प्रधानमन्त्रीको निर्देशनमा त्यो काम भएको कुरा आएपछि त्यसमा राष्ट्रिय अन्तराष्ट्रिय ध्यानाकर्षण हुनु स्वभाविक थियो। भयो पनि त्यस्तै।  

आखिर यो प्रकरणमा सर्वेन्द्र कहाँबाट जोडिए धेरैलाई आश्चर्य पनि लागेको छ। हाम्राकुरालाई पनि त्यस्तै लागेको थियो। तर बुझ्दै जाँदा थाहा भयो की सर्वेन्द्र र किसानको सम्वन्धमा यसअघी थुप्रै प्रसङगमा जोडिएको रहेछ। सामान्य जग्गा कारोवारीबाट अर्बौको सम्पती जोड्न सफल किसानको स्रोत खुलाउन मिल्ने सम्पती नै अर्बौमा भएको व्यवसायीहरु बताउँछन्। एउटै जिल्ला तनहुँका उनीहरुले एकले अर्कालाई भने प्रहरीको उच्च तहमा पुगेदेखि उपयोग गर्दै आएको पाइन्छ। 
 
सर्वेन्द्रलाई आइजीपी बनाउन थुप्रै शक्ति केन्द्रहरुको भूमिका भएपनि नेकपाको नेताहरुलाई लविङ गर्न किसान पनि पुगेका थिए। उनलाई आइजीपी बनाएर लिनुपर्ने लाभ लिएका किसान सहितको टीमले अहिले भने उनलाई अख्तियारमा लैजाने गरि सेटीङ गरिरहेको थियो। प्रहरीको उच्च तहमा पुगेदेखि सर्वेन्द्रले आफ्नो कमाइलाई किसान मार्फत लगानी गर्दै आएका थिए। आफैले लगानी गर्दा सम्पतीको स्रोत देखाउने पर्ने भयले सर्वेन्द्रले किसानको नाम प्रयोग गर्दै आएका थिए। नाम किसानको भए पनि दाम सर्वेन्द्रको पनि थियो। सर्वेन्द्रले आफनो केहि रकम भने अन्य विश्वासिला कारोवारी र व्यवसायीहरु मार्फत हाउजिङ र जग्गामा लगानी गरेको बताइएको छ।      

प्रहरीको ‘कमाई’बाट जति जुटाउन सके सर्वेन्द्रको सबै लगानी किसान मार्फत गर्दै आएको स्रोतको दावी छ। किसान पनि व्यवसाय एक्लै गर्ने खालका हैनन। उनलाई पनि समुहमै कारोवार गर्दा चुनौती कम हुन्छ भन्ने थाहा छ। प्रहरी गुण्डा सबै मिलाउन व्यवसायीलाई कस्ले सिकाओस। झन व्यवसायीबाट राजनीतिज्ञ भएका किसानलाई यो कुरा थाहा नहुने कुरै भएन। उनले आफ्नो कारोवारमा नक्सालका संजय श्रेष्ठ(डंगोल)लाई पनि साथमा लिएका थिए। संजयसँग किसानको संगत र कारोवार भएको सर्वेन्द्रबाट लुक्ने कुरै थिएन। काठमाडौंको गुण्डागर्दीमा चलेकै नाम थियो सञ्जयको। त्यहि नाम भएका बेला उनले राम्रै काम, दाम र संगत हात पारे। किसान मार्फत सर्वेन्द्रसम्मको कनेक्सन पनि। पछि त सर्वेन्द्र उनै गुण्डा नाइके भनेर कहलिएका सञ्जयका पार्टनर भइसकेका थिए त्यो पनि आफ्नै तनहुँका तत्कालिन नेकपा एमालेका नेता किसान मार्फत। 

किसान र संजयको नारायणचौर कनेक्सन 
किसान र नक्सालका संजयको कनेक्सन भएको निकै नै भइसक्यो। जुन समय संजय टोले गुण्डाबाट केहि माथिको हैसियत बनाएका थिए। लगभग त्यहि समयदेखि नै किसानसँग संजयको सम्वन्ध देखिएको थियो। 

नक्साल नारायण चौर अगाडीको तरकारी बजार भएको जग्गा एक लियाँकत खाँ भन्ने व्यक्तिको थियो। खाँले आफूलाई कपिलबस्तुको भनेपनि उसले लिएको नेपाली नागरिकताको विषयमा उजुरी पर्‍यो। भारतमा घर भएको खाँले गलत तथ्य राखेर नागरिकता लिएको विभिन्न ठाउँमा उजुरी  परेपछि उसको सम्पती अख्तियारले समेत रोक्का राख्यो। त्यहि बीचमा खाँलाई नागरिकता दिने प्रक्रियामा सहभागी मध्येका प्रहरी निरिक्षक सहित केहि कर्मचारीलाई भ्रष्टाचारमा मुद्धा चल्यो। खाँ बिरुद्ध किर्तेको मुद्धा चल्यो। 

पछि खाँको किर्तेको मुद्धा पुनरावेदन अदालत बुटवलबाट टुंगियो। उनले किर्ते गरेको हैन भन्ने पुनरावेदनको फैसला रह्यो। प्रहरी र कर्मचारीको भ्रष्टाचारको बिषय सर्वोच्चसम्म पुग्यो। प्रधानन्यायाधिश केदार प्रसाद गिरी सहित फुल बेञ्चबाट प्रहरी र कर्मचारीहरुले पनि सफाइ पाए।

मुद्धा पर्नु अघी लियाकत खाँको नाममा डेढ रोपनी जग्गा त्यहि नारायण चौरमा थियो। कानुनी र प्रसासनीक झमेलामा परेपछि उसको मुद्धा लड्नेदेखि वारेस समेत भएर किसान र संजयले खाँको सबै काम गर्न थाले। उसको तर्फबाट लडे वापत लाग्ने खर्च र केहि जग्गाका लागि रकम दिएर उनीहरुले त्यो जग्गालाई कौडीको भाउमा लिने सुर गरेका थिए। खाँ पनि समस्याबाट उम्कन चाहिरहेको बेलामा प्रभावशाली मान्छेहरुले साथ दिन खोज्दा उनीहरुसँग जोडिएका थिए। अख्तियारले मालपोतलाई भनेर पास रोक्का गरेपनि किसान र संजयले खाँसँग धार्दिङमा गएर बेजिल्ला सो जग्गा पास गरेका थिए। स्रोतका अनुसार त्यो समयसम्म खाँको वारेसनामा किसानहरुकै साथी विन्दुलाल कायस्थले लिएका थिए। 

त्यसपछि खाँ कतै देखिएनन्। उनीहरुले नक्साल नारायणचौरको त्यो जग्गा कसरी हुन्छ फुस्काउन मात्र लागिपरेका थिए। पछि पुनरावेदन र सर्वोच्च दुबै ठाउँबाट सफाइ पाएपछि अदालतको फैसला बोकेर सम्पति फुकुवा गर्न किसानको टोली अख्तियार गएको थियो। तर अख्तियारले फुकुवा गरेन। त्यसपछि जग्गाधनी खाँको नामबाटै सर्वोच्चमा रीट हालियो अख्तियार, मालपोत, भुमिसुधार समेतलाई विपक्षी बनाएर।

सर्वोच्चमा तत्कालिन प्रधानन्यायाधिश खिलराज रेग्मी र रण बहादुर बमको इजलासमा परेको सुनुवाईका क्रममा सो रीट रीत पुर्‍याएर नआइ ढीला आयो भनेर मुद्धा नै खारेज गर्‍यो। अख्तियारले फुकुवा नगरेको सो जग्गामा न खाँले हक जमाउन सके। न खाँको जग्गा हडप्न खोज्ने किसानको समूहले पायो। उनीहरुले खाँको जग्गा पाउन गरेको लगानी खेर गयो। 

यहि बीचमा केहि समयदेखि सर्वोच्चको आदेश र फैसलालाई ढाकछोप गरेर मालपोतमा सो जग्गाको विषयलाई मिलाउन किसानको समूह फेरि सक्रिय भएको थियो। यो जानकारी पाएको मालपोतको केहि सचेत कर्मचारीहरुले यस्को जानकारी अख्तियारलाई दिएपछि फेरि यो प्रसङ्ग किसानको समुहले लो प्रोफाइलमा राखेको छ। यो केसलाई चुपचाप मिलाउने की अख्तियारमा राम्रो सेटिङ मिलाएर फुकुवा गराउने दुई मात्र विकल्प किसान र संजयसँग छ। यदि कोहि आफ्नो मान्छे अख्तियारमा लैजान सके त्यो जग्गा फुकुवा गराउन सकिने भन्ने किसान र संजयलाई परेको छ। यसकारण अहिले किसान र संजयको स्वार्थ र सर्वेन्द्रको चाहना ठ्याक्कै मिलेको छ। सर्वेन्द्रलाई अख्तियारमा आयुक्त मात्रै बनाउन सके पनि त्यो जग्गा फुकुवा गराउन सकिनेमा किसानको समुह विश्वास छ। त्यसकारण उनले सर्वेन्द्रलाई अख्तियारको आश देखाएर प्रधानमन्त्रीको डिजाइन अनुसारको समाजवादी पार्टी फुटाउने काममा अगाडी सारेर मोहोरा बनाएका थिए।  

समाजवादी पार्टी फुटाउने योजना सफल भएमा किसान भूमिसुधार राज्यमन्त्री हुने र खनाल चाहि अख्तियारमा हुनेसम्मको योजना भएको संजयले नक्सालका साथीहरुसँग भनेका थिए। ओलीले मिसन सफल पार्न क्रियाशिल हुने सबैलाई पुरस्कृत गर्ने बचन दिएका कारण उनीहरु यसमा ढुक्कले लागेका थिए। अख्तियारबाट सर्वेन्द्रले फुकुवा गर्न आदेश गराउने भूमिसुधार मन्त्रालयमा पुगेर मातहतका कर्मचारीलाई फुकुवा गर्न भन्दै गर्दा नारायणचौरको ३ कित्ता जग्गा आफ्नो नाममा पार्ने योजना किसानको समूहको योजना थियो। जुन जग्गाको हालको चल्तीको मूल्य ३० करोड भन्दा बढी छ। सो जग्गामा अहिले नेपाल प्रहरीले ओगटेको छ। यो प्रक्रियामा मिडिया र सामाजिक संजालमा जोडतोडले कुरा राखेपनि महेश बस्नेत वालुवाटारलाई खुसी पार्न सकिन्छकी भनेर मात्र सहभागी भएको स्रोतको दावी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ