arrow

एक हजार एक सय नेपाली सीमामै फसे, लिन दार्चुला पुगेका मेयर रित्तै फर्के

केन्द्र सरकारले स्थानीय सरकारलाई पेन्डुलम बनाएको गुनासो

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
94868129_224563928832594_35.jpg

दार्चुला । एक महिनादेखि सिमावर्ती धार्चुलामा फसिरहेका आफ्ना नागरिकलाई वर्तमान सरकारले घर लैजान नदिएको बझाङको बुङ्गल नगरपालिकाका मेयर धनबहादुर बिष्टले गुनासो गरेका छन् । 

लकडाउनका कारण भारतका विभिन्न ठाउँमा अलपत्र परेका आफ्ना नगरबासी लैजान आइतबार बझाङबाट दार्चुला आएका प्रमुख बिष्टले सरकारले आफ्ना नागरिकलाई लैजान नदिएको बताए । 

आफूले दार्चुलाका प्रमुख जिल्ला अधिकारीसँग बेला बेला फोन गरेर उद्धार गरिदिन आग्रह गर्दा समेत ढोका नखुलेको बताए । 

सरकारले नेपाली नागरिकप्रति दया माया नदेखाएको उनको आरोप छ । नगरकार्यपालिका बैठकबाट सिमावर्ती क्षेत्र धार्चुलामा फसेका नगरबासीलाई ल्याउने निर्णय गरे अनुसार आफु दार्चुला आएको उनले प्रतिक्रिया दिए ।

एक महिनादेखि आफ्ना नागरिक परदेशमा अलपत्र पर्दा मन रोएको उनले बताए । ‘एक महिनादेखि निद्रा लागेको छैन । उताबाट हामी कहिले घर आउन पाउँछौ भनेर रातदिन फोन आउँछ’ उनले भने— ‘आफूहरु फुटबल जस्तै कुटिएका छौ’ । 

केन्द्र सरकारले स्थानिय तहका जनप्रतिनिधीहरुलाई भुमिकाविहीन बनाएको उनको आरोप छ । सिमावर्ती धार्चुलामा फसिरहेका नेपाली नागरिकलाई आरडिटी गराएर तत्काल नेपाल प्रवेश दिनु पर्नेमा नगर प्रमुख बिष्टको माग थियो ।

विगत एक महिना देखि सरकारले आफ्ना नागरिकलाई सिमाको अव्यवस्थित क्वारेन्टाइनमा राखेर कोरोना संक्रमणको झन् जोखिम बढाएको प्रति आक्रोश व्यक्त गरे । बझाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले बाहिरबाट आएकालाई जिल्ला प्रवेश नदिने भनेपछि उनीहरुलाई लैजान आफै आएको उनको भनाई छ ।

 ‘आफ्ना नगरबासीलाई लगेर १४ दिन सम्म उतैको क्वारेन्टाइनमा राख्न व्यवस्थापन मिलाएको छु, सरकारले तत्काल बाटो खोलिदिनु पर्छ’ उनले भने । 

भारतको धार्चुलास्थित क्वारेन्टाइनमा बुङल नगरपालिका बझाङ्गका मात्रै २ सय ३४ जना छन् । यस्तै डिडिहाटमा ११ जना र झुलाघाटमा ६० जना रहेको नगर प्रमुख बिष्टले जानकारी दिएका छन् । 

आफ्ना नागरिकलाई नगरपालिका प्रवेश दिन पहल गरिदिन प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका सबै नेताहरुसंग कुरा गरेको समेत उनले बताए ।

यस्तै सिमामा फसेका नेपाली नागरिकलाई सरकारले यथाशिघ्र नेपाल प्रवेश दिनुपर्ने महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले बताएका छन् । सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख भट्टले लकडाउनका कारण सिमा क्षेत्रमा विगत एक महिनादेखि फसिरहेका सुदूरपश्चिम तथा अन्य जिल्लाका नेपाली नागरिकलाई सरकारले यथाशिघ्र छिटो नेपाल प्रवेश दिनु पर्नेमा जोड दिनु दिए । 

दार्चुलाका स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालयले भारतिय प्रशासन संगको समन्वयमा पुल खुलाई उनीहरुलाई नेपाल प्रवेश गराउन खोज्दा केन्द्र सरकारको गृह मन्त्रालयबाट प्रमुख जिल्ला अधिकारीलाई पुल कुनै हालतमा खुलाउनु हुँदैन भन्ने आदेश भएका कारण उनीहरु अहिलेसम्म सिमा क्षेत्रमा फसिरहेको उनको भनाई छ ।  

लकडाउनका कारण सिमानाकाहरु बन्द भएपछि विगत एक महिनादेखि सिमावर्ती धार्चुलामा मात्रै एक हजार एक सय भन्दा बढी नेपालीहरु फसिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ