arrow

दाहसंस्कार गर्दागर्दै आएको बाढीले चितासहित शव बगाएपछि

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
badhi.PNG

इलाम । इलामको फाकफोकथुम गाउँपालिकास्थित फाकफोक खोलामा दाहसंस्कार गर्दागर्दै आएको बाढीले चितासहित शव बगाएको छ ।

फाकफोकथुम-३ सल्लेरीका ४० वर्षीय रामबहादुर लकान्द्रीको दाहसंस्कारका लागि चितामा राखिएको शव बाढीले बगाएको फाकफोकथुम गाउँपालिकाकी उपाध्यक्ष सरु राई (सरस्वती) ले जानकारी दिइन् ।

स्थानीय फाकफोक खोलामा शव जलाउन चितामा राखेर दागवत्ती दिनसाथ अचानक माथिबाट आएको बाढीले बश जल्न नपाइ बगाएको हो । फाकफोक खोलाको शीर पाँचथरको घुर्बिसे पंचमी र आसपासमा भएको भीषण वर्षापछि आएको बाढीले शव बगाइएको उपाध्यक्ष राईले जानकारी दिइन् ।

शव जल्न नपाइ बाढीले बगाएपछि खोजतलास गरी पुन दाहासंस्कार गरिने भएको छ । ‘शव जल्न नपाइ बाढीले बगाएर लग्यो । आज त रात परिहाल्यो । मंगलबार प्रहरी प्रशासन र स्थानीयले शव खोजतलास गरी पुन दाहसंस्कार गर्ने सल्लाह भएको छ’ उपाध्यक्ष राईले नयाँ बुलन्दसँग भनिन् ।

लकान्द्रीको आइतबार दिउँसो करिब १२ बजे नजिकैको जंगलमा सुँगुरको चारो खोज्ने क्रममा ढुङ्गाबाट चिप्लिएर लड्दा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ