arrow

भारतमा कोरोना संक्रमित २४ घण्टामा अहिलेसम्मकै उच्च 

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
corona-modi.JPG

काठमाडौं । दक्षिण एसियामा कोरोना भाइरसको सबैभन्दा बढी असर खेपिरहेको भारतमा संक्रमितको संख्या ३१ हजार नाघेको छ भने मृतक एक हजार नाघेका छन् । 

२४ घण्टाको अवधिमा अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । मंगलबार एकै दिन १ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । 

मंगलबार महाराष्ट्रमा सबैभन्दा बढी ७२८ जना संक्रमित थपिएका छन् । गुजरातमा २२६, मध्यप्रदेशमा २२२, दिल्लीमा २०६ तथा राजस्थानमा १०२ जना नयाँ संक्रमित थपिएका छन् । 

संक्रमित थपिँदै गएपछि नागाल्यान्डमा सरकारले पेट्रोलमा ६ रुपैयाँ र डिजेलमा ५ रुपैयाँ कोभिड–१९ को ट्याक्स थपेको छ । 

यो भारतको पहिलो राज्य हो जसले कोरोना संकटका बेलामा पनि यस किसिमको ट्याक्स लगाउने निर्णय गर्यो । 

संक्रमित र मृतकको तथ्यांक कोभिड१९इन्डियाडटओआरजीबाट लिइएको हो । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म २९ हजार ४३५ जना संक्रमित भएको बताएको छ ।

नयाँ मृतकको संख्या ६९ थपिएको छ । मृतक एक हजार नाघेका छन् । १००८ पुगेको छ । 

भारतमा सरकारले लगाएको लकडाउन ३ मे मा सकिँदैछ । अझै थप्ने निश्चित छ ।  

 संक्रमित घटेका भए पनि मंगलबार फेरि बढेका छन् । 

अमेरिकामा २४ घण्टाको अवधिमा २५ हजार भन्दा बढी संक्रमित थपिँदा २५ सय जनाको ज्यान गएको छ । अमेरिकामा संक्रमितको संख्या १० लाख ३६ हजार पुगेको छ । 

त्यस्तै मृतकको संख्या ५९ हजार २५० नाघेको छ । यो संख्या अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोचेभन्दा धेरै बढी हो । 

जम्मा १ लाख ४२ हजार १६२ जनालाई मात्र निको भएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख १ हजार ४५० जना संक्रमित हुँदा २३ हजार १४४ जनाको ज्यान गएको छ । 

दोस्रो प्रभावित न्यूजर्सीमा १ लाख १३ हजार ८५६ जना संक्रमित हुँदा मृतकको संख्या ६ हजार ४४२ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ