arrow

आईपीएल क्रिकेट: धोनीको पुणे गुजरातद्वारा पराजित

logo
प्रकाशित २०७३ वैशाख १८ शनिबार
IPL_Smith_century.jpg.jpeg
काठमाडौं। गुजरात लायन्सले पुणे सुपरजायन्ट्सलाई ३ विकेटले पराजित गरेको छ। जीतकालागि १९६ रन पच्छ्याएको गुजरातले अन्तिम बलमा बिजयी रन बनाएको थियो।
 
टस हारेर पहिले ब्याटिङ गरेको पुणेले निर्धारित २० ओभरमा ३ विकेट गुामउँदै १९५ रन बनाएको थियो। उसकलागि स्टिभ स्मिथले ५४ बलमा ५ छक्का र ८ चौकाको मदतले १०१ रन बनाएका थिए। अजन्के रहाणेले ४५ बलमा ५३ रनको योगदान दिएका थिए। राम्रो फिल्डिङ गरेको गुजरातले २ रन आउट गरेको थियो। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। गुजरातका प्रारम्भिक जोडी ड्वेन स्मिथ र ब्रेण्डन मकलमले पहिलो विकाटकालागि ८.१ ओभरमा ९३ रनको सझेदारी गरेका थिए। स्मिथले ३७ बलमा ६३ र मकलमले २२ बलमा ४३ रन बनाएका थिए। 
 
पुणेका अशोक डिन्डाले र थिसारा परेराले २-२ विकेट हात पारेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ