arrow

महाराष्ट्रमा ४ सय जनाको मृत्यु, यति पुगे कोरोना संक्रमित

logo
प्रकाशित २०७७ वैशाख १७ बुधबार
corona-india1.jpg

एएनआई, नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । 

पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना संक्रमितमध्ये एक हजार ७ जनाको मृत्यु भएको छ । 

भारतमा देखिएका कोरोना पीडितमध्ये ७ हजार ६९५ जना निको भएर घर फर्किएका छन् भने हाल २२ हजार ६२९ जना उपचारका क्रममा छन् । 

मन्त्रालयका अनुसार भारतको महाराष्ट्र राज्यमा कोविड–१९ बाट सर्वाधिक ९ हजार ३१८ जना संक्रमित भएका छन् जसमध्ये १ हजार ३८८ जना निको भएका छन् । महाराष्ट्रमा मात्र ४०० जनाको मृत्यु भएको छ । 

दोस्रो बढी संक्रमित भेटिएको गुजरातमा तीन हजार ७४४ जनामा संक्रमण देखिएको छ । यहाँ १८१ जनाको मृत्यु भएको छ ।

 दिल्लीमा भने तीन हजार  ३१४ जना संक्रमित भएकामा ५४ जनाको मृत्यु भएको छ ।

 मध्य प्रदेशमा दुई हजार ३८७ जना, गोवामा ७ जना, अरुणाचलमा १ जना, मणिपुरमा २ जना, त्रिपुरामा २ जनामा कोरोना संक्रमण देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ