arrow

संजय दत्त ऋषि कपूरलाई मार्न पुगेका थिए अपार्टमेन्ट

ऋषि कपूरका ५ किस्सा

logo
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
rishi-kapoor.jpg.jpeg

काठमाडौं । बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको मुम्बईमा मृत्यु भयो। उनी ६७ वर्षको थिए । बलिउड महानायक अमिताभ बच्चनले ट्वीट गरेर ऋषि कपूरको मृत्युको खबर फ्यानहरूलाई सूचित गरेका थिए। बुधवार राती कपूरलाई सास फेर्न गाह्रो भएको कारण एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो। धेरै बलिउड सेलिब्रेटीहरूले ऋषि कपूरलाई ट्वीट गरी श्रद्धांजलि अर्पण गरेका छन्।

बायोग्राफी 'खुल्लम खुल्ला : ऋषि कपूर अनसेन्सर्ड' मा ऋषिको जीवनको बारेमा धेरै रोचक खुलासा गरिएको छ। मीना अय्यरले लेखेको यस पुस्तकमा ऋषिले आफ्नो प्रेम जीवनको बारेमा पनि बताएका छन् । ती किस्सा यहँ राखिएको छ ।

पुस्तकमा ऋषि कपूरले एक पटक संजय दत्त उनलाई मार्न उनको अपार्टमेन्टमा पुगेको बताएका छन्। वास्तवमा संजयलाई शंका थियो कि उनको चक्कर टीना मुनीमसँग चलिरहेको छ। यद्यपि नीतू सिंहले सम्झाएर फर्काएकी थिइन् ।

सन् १९७६ मा चलचित्र 'देश परदेश' बाट बलिउडमा पाइला राखेकी  टीनाले राजेश खन्नालाई मन पराइन्। राजेश खन्नाले डिम्पलसँग विवाह पश्चात पनि टीनालाई आफ्नो नजिक आउन दिए ।

टीनालाई पनि राजेश विवाहित भएको थाहा थियो ।  टीना राजेशको स्टारडमबाट प्रभावित थिइन् भने राजेश, टीनाको सुन्दरताबाट मोहित थिए । ८०  को दशकमा दुवैको अफेयरले निकै चर्चा पायो सो समय टीनाले राजेशसँग विवाह गर्न दवाव दिइन् ।  राजेशले उनलाई डिम्पलसँग सम्बन्ध बिचेद गरेर विवाह गर्ने आश्वासन दिएका थिए । तर राजेशले कहिले पनि डिम्पलसँग सम्बन्ध बिचेद बारे कुरा गर्न सकेनन् ।

नीतू सिंह ऋषि कपूरको पहिलो प्रेम थिएन
पुस्तकमा ऋषिले बताएका छन् नीतू सिंह अघि उनी पारसी केटी यास्मीन मेहतालाई प्रेम गर्थे। यास्मीनको बारेमा धेरै कुरा नभने पनि  ऋषि नीतूलाई पहिलो भेटे हुदा  यास्मीनसँग डेटिङ गर्दै थिए ।  तर चलचित्र बबीको सफलता पछि यास्मीनले  ऋषि 'बबी' फिल्मकी उनको को-स्टार डिम्पल कपाडियाको प्रेममा डुबेको सम्झिइन् । 

 त्यसैले यास्मीन, गलत धारणाको शिकार भएपछि ऋषिको प्रेमलाई अस्वीकार गरिन्। ऋषि कपूरले उनलाई मनाउन कडा परिश्रम गरे तर उनी राजी भइनन्।

जब राजेश खन्नाले ऋषि कपूरको औंठी समुद्रमा फाले
उनको पुस्तकमा ऋषि कपूरले भनेका छन्- जब म यास्मीनसँग सम्बन्धमा थिएँ यास्मीनले मलाई एउटा औंठी उपहार दिएकी थिइन् , तर फिल्म बबीको क्रममा  डिम्पलले त्यो औंठी मसँग मागेर लगाइन्। जब राजेश खन्नाले डिम्पल प्रस्ताव गरे, उनले रिंगलाई समुद्रमा फ्याँक्न भने। जब डिम्पलले रिंगलाई समुद्रमा फ्याँकिन् तब राजेश र उनी बीचमा प्रतिबद्धता भयो । र सत्य यो थियो कि म डिम्पललाई कहिले पनि माया गर्दिनथे।

अमिताभसँग ऋषि कपूरको प्रतिस्पर्धा
'खुल्लम खुल्ला' नामको आत्मकथामा ऋषि कपूरले भनेका थिए, मैले ३० हजार रुपियाँ दिए फिल्मफेयर अवार्ड मेरो नाममा गरेको थिएँ। वास्तवमा यो १९७३ को कुरा हो। यसैले उनले 'बबी' फिल्मका लागि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जिते। त्यस समयमा अमिताभ बच्चन 'जंजीर' मा सर्वश्रेष्ठ प्रदर्शन गर्ने उनका प्रतिस्पर्धी थिए। 

ऋषि कपूरले पछि यो पनि सोचे कि अवार्डकै कारण  अमिताभ र उनको सम्बन्ध शीतलयुद्ध सुरु भएको छ ।  अमिताभ आफू पुरस्कार पाउन योग्य सम्झन्थे। यस कारणले गर्दा, उनीहरूको सम्बन्धमा खटपट आयो । यद्यपि,दुबै बीच सम्बन्ध सुधार भयो ।

'कभी-कभी' सुपरहिट

चलचित्र 'कभी-कभी' सुपरहिट भयो। ऋषि कपूर ऋषि कपूर भन्छन् कि उनले लगभग यो फिल्म अस्वीकार गरे किनभने फिल्ममा नीतूको भूमिका उनी भन्दा बढी शक्तिशाली थियो। ऋषिले आफ्नो पुस्तकमा भनेका छन्, 'मैले 'कभी-कभी' 'प्रस्ताव पनि अस्वीकार गरेको थिए। यसका लागि दुई कारणहरू थिए। एउटा हो अमिताभ बच्चनलाई चुनौती दिनु थियो। दोस्रो, मलाई लाग्यो कि नीतूको भूमिका म भन्दा बलियो छ।

 ऋषि कपूर लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए। उनका घनिष्ठ मित्र तथा बलिउड महानायक अमिताभ बच्चन उनको मृत्युबाट शोकमा छन्। अमिताभ बच्चनले ऋषि कपूरलाई सम्झेर भावनात्मक पोष्ट लेखेका छन्।

अमिताभ बच्चनले आफ्नो ब्लगमा लेखेका छन्, 'एक पटक राज कपूरले मलाई उनको घरमा बोलाए, त्यसपछि पहिलो पटक मैले एक युवा, उत्साहित र शैतानी चिन्टूलाई देखे। मैले उनलाई आरके स्टुडियोमा देखेको थिएँ जहाँ उनले आफ्नो फिल्म 'बबी' को तयारी गरिरहेका थिए, उनी एक युवा कलाकार थिए जसले सबै जान्न चाहन्थे, सिक्न चाहन्थे। '

अमिताभ अघि लेख्छन्  'उनी सधै आत्मविश्वासका साथ हिडे। उनको चालबाट मलाई महान पृथ्वीराज कपूर जीको धेरै पटक याद आयो। मैले उनको शुरुका चलचित्रहरूमा उनको चालहरू याद गरें।  यो अरु कोही हुन सक्दैन।'

'मैले ऋषि कपूरसँग धेरै फिल्ममा काम गरें। जब उनले आफ्नो लाइनहरु बोल्दथे, तपाईले हरेक लाइनलाई विश्वास गर्नुहुन्छ। उनीसँग अर्को विकल्प थिएन। उनी बिना कुनै शंका  महान थिए। बलिउडमा कसैले पनि गीतमा उनले जतिको राम्रो लिपसिङ गर्न सक्दैनथे ।

अमिताभ सम्झन्छन् 'सेटमा कुनै पनि कार्यक्रम मात्र नभएर अत्यन्त कठिन अवस्थामा पनि हाँस्न अवसर जुराउथे'। अमिताभले अघि लेखेका छन्  'डाइग्नोसिसको क्रममा जतिसुकै गाह्रो भए पनि, उनी चाँडै भेट्ने कुरा गर्थे। यो अस्पतालमा सामान्य जाँच मात्र हो। हामी चाँडै भेट्नेछौं भन्थे। '

अमिताभ कहिल्यै ऋषि कपूरलाई अस्पतालमा भेट्न गएनन्। अमिताभले भने 'जीवनको प्रत्येक क्षणको आनन्द लिनु उनको जीनमा थियो। उनले यो लेजेन्ड राज कपूरबाट पाए। म उनलाई भेट्न कहिले अस्पताल गइन। म उनको हसिलो अनुहारमा उदासीपन देख्न सक्दिन थिए।  तर हामीलाई छोडेर गए पनि उनले अनुहारमा पक्कै मुस्कान लिएर गएको हुनुपर्छ। '

क्यान्सर पीडित उनको अवस्था गम्भीर भएपछि बुधबार राति मुम्बई स्थित एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । ऋषि कपूरले बिहीबार बिहान नौ बजे सदाको लागि संसारलाई छोडे । 

अस्पतालको ओछ्यानमा ढल्किरहेको बेला  पनि  कुनै तरिकाले मनोरन्जन गराउन खोजिरहेका थिए। ऋषिसँग पत्नी एवं अभिनेत्री नीतू साथमा थिइन् । यस प्रकार, ऋषि कपूरले आफ्नो जीवन्तता देखाए।  सधै खुसी रहने ऋषि कपूरका परिवारका सदस्यहरूले पनि उनलाई आँसुको साथमा नभइ मुस्कानका साथ सम्झन चाहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ