arrow

ट्रम्पले कोरोनाबारे ५१ दिनमा बोले २ लाख ६० हजार शब्द, ६ सय पटक आफ्नै प्रशंसा 

अमेरिकामा कोरोनाबाट १० लाख ९५ हजार २१० जना संक्रमित, ६३ हजार ८६१ जनाको मृत्यु

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
trump16.jpg

काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमित अमेरिका रहेको छ । चाइना भाइरस भनी चीनलाई व्यङ्ग्य गरेका उनले अमेरिकालाई कुनै असर पार्न नसक्ने दावी गरेका थिए सुरुआती दिनहरुमा । 

तर पछि यसरी सल्कियो कि कोरोनाको आगो फैलिने क्रम अझै जारी छ । घटेको छैन । 

कामभन्दा कुरा बढी गर्ने ट्रम्पले कोरोनाका विषयमा ९ मार्चदेखि ५१ दिनको अवधिमा २ लाख ६० हजार शब्द बोलेका छन् । उनले उक्त क्रममा ६०० भन्दा बढी पटक कोरोना भाइरसको संकटमा अतिसयोक्ति र झुठो बाचा गर्दै आफ्नो प्रशंसामात्र गरेरन् आफूलाई बधाई पनि दिए । 

उनले १३ घण्टा गरेको भाषणमा २ घण्टा अरुलाई आरोप लगाउनमै खर्चे । ४५ मिनेट आफ्नै प्रशंसाका लागि खर्चे । त्यस्तै आधा घण्टा डेमोक्र्याट पार्टीलाई आरोप लगाउनमा खर्चे । 

२५ मिनेटसम्म मिडियालाई दोष लगाउनमा खर्चे । २१ मिनेट चीनमाथि आक्रमण र २२ मिनेट गभर्नरहरुको प्रशंसा र आलोचना गर्न उनले समय खर्चेका थिए । 

अचम्मको कुरा त के भने उनले १३ घण्टासम्म कोरोना भाइरसबारे बोलीरहँदा कोरोना पीडितका बारेमा भने मात्र साढे ४ मिनेट मात्र कुरा गरे । 

ट्रम्पले आफूलाई कोरोनाको महानायकका रुपमा पेश समेत गर्न पछि परेनन् । तर दुर्भाग्य अमेरिकामा सबैभन्दा बढी संक्रमित र मृतक त्यही कोरोनाबाट भएकाले उनी महानायक हैन सबैभन्दा ठूला खलनायक सावित भएका छन् । 

ट्रम्पका बारेमा द न्यूयोर्क टाइम्सका तीन पत्रकारले शब्द शब्दको विश्लेषण गरेका हुन् । 

अमेरिकामा शुक्रबार मध्यान्ह १२ बजेसम्म १० लाख ९५ हजार २१० जना संक्रमित भएका छन् भने ६३ हजार ८६१ जनाको ज्यान गइसकेको छ ।  

ट्रम्प कोरोना नियन्त्रण गर्न पूर्णतः असफल भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ