arrow

बागलुङमा स्वास्थ्य संस्था, प्रहरी र पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
baglung-help-corona.jpg

बागलुङ। कोरोना भाईरस(कोभिड–१९)को जोखिम न्यूनिकरणका लागि बागलुङका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ। राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष रहेका दक्ष पौडेलले भिमनाथ शर्मा स्मृति प्रतिष्ठान मार्फत पठाएको स्वास्थ्य सामग्री जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखाला गाउँपालिकाका विभिन्न वडामा वितरण गरिएको हो ।

त्यसक्रममा तीन हजार थान मास्क, सेनिटाइजर, पिपिई, थर्मलगन, प्यारासिटामोललगायतका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । स्वास्थ्यकर्मीसँगै, बलेवामा प्रहरी, बगलुङमा क्रियाशिल पत्रकारलाई पनि मास्क र सेनिटाइजर प्रदान गरिएको छ । स्वास्थ्य सामाग्री विभिन्न स्वास्थ्य संस्थामा पुगेर हस्तान्तरण गरिएको भिमनाथ प्रतिष्ठानका सदस्य गोविन्द बहादुर पौडेल गोपालले बताए ।

स्वास्थ्य सामग्री गहण गर्दै जैमिनी नगरपालिकाका मेयर इन्द्रराज पौडलले गृहजिल्लामा स्वास्थ्य सामग्री सहयोग गरेकोमा पौडललाई धन्यवाद दिए।

सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलले यस्ता सहयोगले अन्य व्यक्तिलाई पनि आफ्नो क्षेत्रमा सघाउन सकरात्मक सन्देश दिएको बताए । नेपाल विद्यार्थी संघका निवर्तमान उपाध्यक्ष एवं काँग्रेसका महाधिवेशन प्रतिनिधी डिल्लीराम सुवेदीले प्रतिष्ठानलाई धन्यवाद दिए। जैमिनी नगरपालिका, बागलुङ नगरपालिकाको पैयुँपाटा, अमलाचौर, नारायणस्थान कार्यक्रमको आयोजना गरी सामग्री हस्तान्तरण गरिएको छ ।

यसैगरी, बागलुङका क्रियाशील पत्रकारहरूलाई स्वास्थ सामाग्री तथा प्रेस ज्याकेट बितरण गरिएको छ। नेपाल प्रेस युनियन बागलुङ शाखाको आयोजनामा राष्ट्रिय मिडिया र स्थानीय मिडियामा काम गर्ने पत्रकारहरूलाई भिमनाथ प्रतिष्ठानको सहयोगमा सेनिटाइजर र मास्क, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलीप पौडेलको सहयोगमा प्रेस ज्याकेट वितरण गरिएको हो ।

पत्रकारले जोखिम मोलेर फिल्डमै गएर काम गर्नुपर्ने भएकाले मास्क, सेनिटाइजर, प्रेस ज्याकेट बितरण गरेको नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य पौडेलले बताए । पत्रकारले जोखिमको बेलामा जनतालाई सहि सुचना दिने प्रमुख भुमिका निभाउन जरुरी भएको पौडेलले बताए ।

कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले कोरोनाको जोखिमबाट सुरक्षित हुदै पत्रकारले खबर संप्रेसण गर्नुपर्ने धारणा राखेका थिए । युनियनका सभापति प्रदिप पन्तको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव नारायण रिजालले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ