arrow

मेसै नचलेको ठाउँमा खाना खुवाउन पुगे राज्यमन्त्री रामवीर, स्थानीय तहको काममा लिन खोजे जस

logo
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
rambir_manandhar.jpg

काठमाडौं। शुक्रवार मजदुर दिवस । लकडाउनका कारण पिडित भएका मजदुरहरुलाई मजदुर दिवसको दिन राजधानीका विभिन्न स्थानमा सार्वजनिक मेस चलाइयो । 

त्यसका लागि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सार्वजनिक मेस चलाइएको सार्वजनिक गरेका थिए। एकछाक भएपनि टर्ने भयो भनेर खुसी भएका मजदुर भने क्षेत्रका सांसद तथा राज्यमन्त्रीको व्यवस्था देखेर छक्क मात्र परेनन् विहानको खाना पनि गुमाए।  

मानन्धरले निशुल्क मेस सञ्चालन गर्न समन्वय गरेर नयाँ बजारस्थित सासा बैंक्वेटमा बिहान र बेलुका खानाको ब्यबस्थापन गरेको समाचार सार्वजनिक भएपनि सो स्थानमा मेस नै सञ्चालन नभएको पाइएपछि त्यहाँ पुगेका मजदुरहरु मजदुर दिवसकै दिन विहान भोकै परे।

नेविसंघका नेता सुशील भट्टले पनि सासा बैंक्वेटमा पुग्दा सुनसान पाइएको बताए। उनले राज्यमन्त्रीजस्तो व्यक्तिले भ्रमको खेति गरेको भन्दै आपत्ति समेत जनाए ।   

उनले आफ्नै सक्रियतामा संचालन गरेको भनिएको मेसमा खाना खुवाउने काम नभए पनि स्थानीय तहको सक्रियतामा संचालिन मेसलाई पनि उनले आफ्नै प्रयासमा भएको अतिरंजित प्रचार गराएकोमा स्थानीय तहका जनप्रतिनिधीहरु रुष्ट देखिए। मानन्धर शुक्रबार बिहान नागार्जुन नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर १६ र १७ मा खाना खुवाउने अभियानमा सहभागी भएका थिए। खाना खुवाउने अभियानमा सहभागी हुन आएका उनले मिडियामा सम्बन्धित स्थानीय तहलाई जस दिनुभन्दा पनि आफ्नै पहलमा स्थानीय तहमा खाना खुवाएको भन्दै प्रचार गरेका थिए। 

काठमाडौं महानगरपालिकाको वडा नम्बर १७ र १६ का विभिन्न स्थानमा स्थानीय तह र सहयोगी मनहरुको सक्रियतामा खाना खुवाइएको वडा नम्बर १६ का एक जनप्रतिनिधिले बताए । उनले राज्यमन्त्रीको उल्लेख्य योगदान नरहेपनि अनावश्यक प्रचार भएकाले आफूहरुको ध्यानाकर्षण भएको बताए। 

यसैबीच आफ्नो निर्वाचन क्षेत्रका लागि कुनै काम नगरेको भन्दै जनस्तरबाटै आलोचित मानन्धरले राज्यमन्त्री भएपछि पनि आफ्नै घर नजिकै पर्ने बाइपास–नेपालटार सडकखण्ड निर्माणमा ध्यान नदिएको स्थानीयको गुनासो छ। दयनीय अवस्थामा रहेको सो सडकखण्ड २ वर्षबढी बितिसकेपनि अझै निर्माण सम्पन्न भएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ