arrow

अवकाश पछि पनि शिक्षक महासंघमा नेतृत्व गर्ने लोभ जाग्यो बाबुराम थापालाई

logo
भवनाथ आचार्य।
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
techaer-federation.gif

काठमाडौं । नेपाल शिक्षक महासंघ पछिल्लो समय ओहदामुखी प्रवृति कारण विवादमा मुछिएको छ। राजनीतिक आडमा महासंघलाई नै कमजोर बनाउन यसका नेतृत्वबीच नै भित्रभित्रै षड्यन्त्र हुन थालेको शिक्षकहरु बताउन थालेका छन्। शिक्षकको अधिकार र कर्तव्यलाई सँगसँगै अगाडि बढाउने नीति अवलम्बन गरेको महासंघ अहिले राजनीति थलो र कार्यकर्ता गर्ने भर्ती केन्द्र बन्दै गएको छ ।

नेतृत्वको असक्षमता र व्यक्तिगत स्वार्थ हाबी हुँदा महासंघ बदनाम हुँदै गएको छ। महासंघको नेतृत्व राजनीतिक दलको आडमा संस्थालाई आफूखुशी सञ्चालन गर्नेमा केन्द्रित भएका छन् । जसका कारण महासंघ भित्रको विवाद उत्कर्षमा पुगेको छ । सहमति सहकार्यमा चल्ने महासंघ अहिदे बलपेचका आधारमा चलाउने प्रयत्न भएको छ । 

२०७२ फागुनमा महासंघको प्रथम महाधिवेशनमा नेपाल शिक्षक संघ पहिलो संस्था भएपनि शिक्षक एकताका लागि ठूला दुई संस्था नेपाल शिक्षक संघ र नेपाल राष्ट्रिय शिक्षक संगठनबीच अध्यक्ष र महासचिव आलोपालो गर्ने सहमति भएको थियो। पहिलोमा संगठनलाई र दोस्रो महाधिवेशनमा संघलाई नेतृत्व गर्न दिने सहमति अनुरुप ३ वर्षे कार्यकालका लागि संगठनका बाबुराम थापाले महासंघको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

महासंघका अध्यक्ष थापा २०७६ चैत २८ मा शिक्षण पेसाबाट अनिवार्य अवकाश भइसकेका छन्। उनले अवकाश हुनु एकवर्ष अघि महासंघको कार्यकाल ४ वर्ष बनाउनुपर्ने, शिक्षकबाट निवृत्त भएपछि पद पनि स्वतः हुनेछ भन्ने महासंघको विधानको प्रावधान सच्याई शिक्षक नरहेपनि पूरै समय पदमा रहन पाउनु पर्ने, शिक्षा ऐनमा शिक्षकको सेवा अवधिको उमेर हद ६३ वर्ष राख्नु पर्ने जस्ता तर्क अघि सारेका थिए ।

महासंघको विधानको १६ को (ङ) मा राष्ट्रिय परिषदले आवश्यकता अनुसार विधान संशोधन गर्ने र सोको विवरण राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने भन्ने बुँदालाई टेकेर अध्यक्ष थापाले ३ वर्षको कार्यकाललाई ४ वर्ष र पेसाबाट अवकाशपछि पनि पदमा रहन पाउने विधानमा परिवर्तन गर्ने डिजाइन गरेका थिए । उनको पदमा टिकिरहने मोहका कारण महासंघ भित्रै उनको आलोचना सुरु भएको छ ।

महासंघको विधान १५ वटै संस्थाको सर्वसम्मतिमा बनेको हो । विधान परिवर्तन पनि सर्वसम्मतिमा गर्ने यसको मान्यता हो । परिषदले त तत्काल आवश्यक भए अप्ठ्यारो फुकाउनु पर्नेमा बुँदामा मात्र संशोधन गर्ने महासंघका एक शिक्षक नेताले बताए। अवकाश पाएर गैरशिक्षक भएको व्यक्ति लाखौं बुद्धीजीवी संस्थाको अध्यक्ष हुने कुरा आफैंमा हाँस्यास्पद भएको आवाज महासंघ भित्रैबाट आउन थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ