arrow

सामाजिक सुरक्षा भत्ता घर घरमै वितरण

logo
रासस,
प्रकाशित २०७७ वैशाख २० शनिबार
social_security.jpg

डोटी। कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा दिपायल सिलगढी नगरपालिकाले घर घरमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गर्न शुरुआत गरेको छ।  सबै वडा मार्फत् नगरवासीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको  नगर प्रमुख मञ्जु मलासीले जानकारी दिए। उनले भने, “कोरोनाका कारण भत्ता वितरणमा समस्या भएको थियो, हामीले कोरोनाबाट बच्ने विधि अपनाएर भत्ता दिन शुरु गरेका छौं।”

लकडाउनका कारण घरखर्च चलाउन समेत आइपरेको समस्यालाई अन्त्य गर्न घर घरमै पुगेर भत्ता वितरण शुरु गरिएको नगरपालिकाले जनाएको छ। भत्ता पाएपछि सेवाग्राही खुशी  छन्। नगरपालिकाले वडा नं ७ को रातुली र पाकरीबाट भत्ता दिन शुरु गरेको छ। नगरभरिमा कम्तीमा पनि एक हजारभन्दा बढी नागरिक सो भत्ता पाउँदै आएको नगरपालिकाका निमित्त कार्यकारी अधिकृत खेमराज गुरुङले जानकारी दिए।

वर्षा र चट्याङले घर भत्किए
तीनदेखिको लगातार वर्षाले डोटीमा दुई घर भत्किएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान परेको चट्याङ लागेर जिल्लाको केआइसिंह गाउँपालिका वडा नं ३ का कौछी भुल र मनिजर भुलका दुईवटा बाख्रा मरेका छन्। चटयाङ लागेर उनीहरुको घरमा समेत क्षति पुगेको सो कार्यालयका सूचना अधिकारी कर्ण बोहरा जानकारी दिए। लगातारको वर्षाद्कै कारण दिपायल सिलगढी नगरपालिका वडा नं २ मा पनि शुक्रबार एकजना स्थानीयवासीको दुईतले घर भत्किएको छ। इलाका प्रहरी कार्यालयका अनुसार वर्षाद्का कारण सोही वडास्थित चौखुट्टे टोल बस्ने बाजी भुलको दुईतले सिलेटले छाएको पक्की घर भत्किएको हो। 

घर भत्किँदा रु १० लाखबराबरको क्षति भएको स्थानीयवासीले जानकारी दिएका छन्। यहाँ गएको तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। स्थानीय लालबहादुर कठायतले भने, “लगातार वर्षा भइरहेको छ, घर भत्किएर भुलको परिवार पालमुनि छन्, पालमा समेत पानी पस्ने गरेकाले निकै समस्या भएको छ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ