arrow

एकैदिन थपिए ८२ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित, अमेरिका पुरानै गतिमा

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
corona-usa1.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्तर्गत पछिल्लो २४ घण्टामा ८२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । थपिएका २१० देशमा फैलिएको संक्रमणबाट विश्वभर ३४ लाख ८० हजर बढी संक्रमित भएका छन् । 

त्यसमा सबैभन्दा बढी अमेरिकाका छन् । अमेरिकामा ११ लाख ६० हजार संक्रमित भएका छन् । २९ हजार भन्दा बढी संक्रमित थपिएका छन् । ६७ हजार चार सयको मृत्यु भइसकेको छ ।

मृतक भने अमेरिकामा तुलनात्मक रुपमा घटेका छन् । २४ घण्टामा १ हजार ६४३ जनाको ज्यान गएको छ । 

२४ घण्टामा थपिएका संक्रमितमा रुस दोस्रो स्थानमा छ । रुसमा २४ घण्टामा ९ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् । रुसमा संक्रमित १ लाख २४ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । १ हजार २२२ जनाको ज्यान गएको छ ।  

ब्राजिलमा ४ हजार ४५० जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा संक्रमित ९६ हजार भन्दा बढी भएका छन् । ६ हजार ७५० जनाको ज्यान गइसकेको छ । 

बेलायतमा २४ घण्टामा ४ हजार ८०६ जना संक्रमित थपिएका छन् । संक्रमित १ लाख ८२ हजर २६० पुगेका छन् । मृतक २८ हजार १३१ पुगेका छन् । 

भारतमा १ हजार १२८ जना नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या ३९ हजार ६९९ पुगेको छ । १ हजार ३२३ जनाको ज्यान गएको छ । एकैदिन १०० को ज्यान गएको छ । 

इटालीमा २८ हजार मरे । बेलायतमा साढे २७ हजार मरे । स्पेन र फ्रान्समा २५ हजार नजिक मरिसके । जर्मनीमा ६ हजार ७ सय, टर्कीमा ३ हजार भन्दा बढी, रुसमा १ हजार भन्दा बढी, इरानमा ६ हजार भन्दा बढी, ब्राजिलमा ६ हजार भन्दा बढी, चीनमा ४ हजार ६ सय भन्दा बढीको ज्यान गइसकेको छ । 

क्यानडामा ३ हजार ४ सय, बेल्जियममा ७ हजर ७ सय, नेदरल्यान्डस्मा ४ हजार ९ सय, भारतमा १ हजार २ सय बढी, स्वीटजरल्यान्डमा १ हजार ७ सय बढीको ज्यान गइसकेको छ । 

कोरियामा २५०, जापानमा ४५५, बंगलादेशमा १७०, पाकिस्तानमा ४१७ जनाको ज्यान गइसकेको छ । 

छिमेकी देशहरुमा कोरोनाले धमाधम मान्छे मारिरहँदा नेपालमा संक्रमित बिस्तारै बढ्दै गइरहेका छन् । नेपालमा ५९ जना पुगिसकेका छन् । 

अहिलेसम्म १६ लाई निको भयो । ज्यान कसैको गएको छैन । तर भोलि के हुन्छ अत्तोपत्तो छैन । 

भारतमा दिनानुदिन संक्रमितको संख्या बढिरहेको छ भने मृतक पनि थपिइरहेका छन् । त्यसैले पनि सचेत अझै हुनु जरुरी छ । 

त्यसै पनि सरकारको नीति के बन्ला भन्ने पनि हो । विदेशबाट पनि नेपालीहरुलाई आउन चाहनेलाई सरकार ल्याउन खोजिरहेको छ । तिनीहरु आउँदा फेरि कोरोनाको संक्रमण झन् बढ्ने हो कि भन्ने आशंका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ