arrow

भारतमा कोरोना भाइरसबाट एकैदिन सबैभन्दा बढीको मृत्यु, थपिए २४ सय बढी नयाँ संक्रमित

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
corona-delhi-fruit.JPG

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्तर्गत पछिल्लो २४ घण्टामा भारतमा मात्रै २ हजार ४ सय ४२ जना नयाँ संक्रमित थपिएका छन् । 

भारतमा तीव्र गतिमा संक्रमण बढ्ने क्रममा यति ठूलो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । भारतमा अहिलेसम्म ३९ हजार ६९९ जना संक्रमित भएका छन् । 

त्यस्तै एक सय जनाको ज्यान २४ घण्टाको अवधिमा गएको वल्डोमिटर्सले जनाएको छ । मृतकको संख्या १ हजार ३२३ पुगेको छ । 

अहिलेसम्म एकै दिन सय जनाको ज्यान गएको यो पहिलो पटक हो । 

सरकारी तथ्यांकले भने ३७ हजार ७७६ जना संक्रमित भएको र १२ सय २३ जनाको ज्यान गएको बताएको छ । उसका अनुसार १० हजार १७ जनालाई निको भएको छ । 

लोकपाल सदस्य अजयकुमार त्रिपाठीको पनि कोरोनाबाट ज्यान गएको छ । उनी ६२ वर्षका थिए । 

यसअघि एकै दिन सबैभन्दा बढी ७३ जनाको ज्यान ३० अप्रिलमा गएको थियो । अन्य भारतीय माध्यमहरुले भने १०० नभई ९४ जनाको ज्यान गएको बताएका छन् । 

 शनिबार सबैभन्दा बढी महाराष्ट्रमा ३६ जनाको ज्यान गएको छ । राज्यमा ५२१ जनाको ज्यान गइसकेको छ । त्यसभित्र पनि सबैभन्दा बढी मुम्बईमा ३२२ जना छन् । 

अहिलेसम्म गुजरातमा २६२, मध्यप्रदेशमा १५१ राजस्थानमा ६८, दिल्लीमा ६१ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ