arrow

मापदण्ड नपुगेको भन्दै भोटेकोशीको क्वारेन्टाइन बन्द

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
Bhotekoshi_Gaunpalika.png

मेलम्ची । मापदण्ड नपुगेको भन्दै भोटेकोशीका १० श्ययाको क्वारेन्टाइन बन्द गरिएको छ । शनिबार अनुगमनका क्रममा १८ श्ययामध्ये आठ श्यया मात्र मापदण्ड पूरा भएको पाइएकाले बाँकी १० वटालाई खारेज गारिएको जिल्ला जनस्वास्थ्य कार्यलयका प्रमुख दुर्गादत्त चापागाईँले बताए । 

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, सहायक जिल्ला प्रमुख बाबुराम खनाललगायतले बाह्रबिसे क्षेत्रीय क्वारेन्टाइन लामोसाँघुलगायत आसपासका क्वारेन्टाइनको अनुगमन गरेको जिल्ला समन्वय समितिका प्रमुख तामाङले जानकारी दिए । 

उनले अन्य स्थानका क्वारेन्टाइनको पनि अनुगमन गरी मापदण्ड नपुगेकाहरु बन्द गरिने बताए ।

यसैगरी शनिबार बाह्रबिसे आसपासका आठ एम्बुलेन्स चालकलाई व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिइ सेट) वितरण गरिएको छ । चालकका लागि प्रदान गरिएको स्वास्थ्य सामग्रीमा पुनः प्रयोग गर्न मिल्ने व्यक्तिगत सुरक्षा सेट, मास्क, बुट र चश्मासमेत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ