arrow

राहत वितरणमा अवरोधबारे कांग्रेसको ध्यानाकर्षण

logo
रासस,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
nepali-congress-flag.jpg.jpeg

मेलम्ची । राहत वितरणमा बाह्रबिसे नगरपालिकामा नेपाली काँग्रेसको अवरोध भन्ने समाचारप्रति काँग्रेस बाह्रबिसेले ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेसका स्थानीय युवानेता युधीर पौडेलले राहत वितरणमा कतै अवरोध नगरेको बताए । 

उनले कोरोना भाइरसले अप्ठ्यारोमा परेकालाई पार्टीको तर्फबाट राहत वितरण गरिरहेको पनि जानकारी दिए । विपद्को बेला स्थानीय सरकारसँगै सहयोगी रहने भन्दै हल्लाका पछाडि नलाग्न उनले सबैलाई आग्रह गरेका छन् । 

यस्तै बाह्रबिसे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले राहतको मापदण्ड बनाएर नगरले राहत वितरण गरिरहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ