arrow

आईपीएल क्रिकेट: हैदरावाद र दिल्ली बिजयी, अंक तालिकामा गुजरातको अग्रता

logo
प्रकाशित २०७३ वैशाख १९ आइतबार
IPL_Hyderabad.jpg.jpeg
काठमाडौं। दिल्ली डेयरडेविल्सले कोलकाता नाईट राईडर्सला_ २७ रनले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ। त्यसैगरि सनराइजर्स हैदरावादले रोयाल च्यालेन्जर्स बैंगलोरलाई १५ रनले पराजित गरेको छ। 
 
आईपीएल अंक तालिकामा गुजरातले ७ खेलमा १२ अंकका साथ पहिलो स्थानमा रहेको छ भने ६ खेलमा ८ अंकका साथ दिल्ली दोस्रो स्थानमा रहेको छ। कोलकाता र मुम्बईको समान ८-८ अंक रहेको छ। मुम्बईले ८ खेल खेलेको छ भने कोलकाताले ७ खेल खेलेको छ। 
 
पञ्जाब २ अंकका साथ अन्तिममा रहेको छ भने बैंगलोर ४ अंकका साथ ७औं स्थानमा रहेको छ। 
 
बैंगलोर-हैदरावाद
टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रन बनाएको थियो। कप्तान डेविड वार्नरले ५० बलमा ९२ रन बनाएका थिए। आफ्नो पारीमे वार्नरले ५ छक्का र ९ चौका प्रहार गरेका थिए। 
 
त्यसैगरि केन विलियमसनले ३८ बलमा ५० रन बनाएका थिए। बेंगलोरका केन रिचर्डसनले २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको बैंगलोरले निर्धारित २० ओभरमा ६विकेट गुामउँदै १७९ रन बनाउन सफल भएको थियो। केएल राउलले २८ बलमा ५१ रन बनाएका थिए भने एबी डिविलियर्सले ३२ बलमा ४७ रन बनाएका थिए। 
 
हैदरावादका ५ बलरहरु सबैले समान १-१ विकेट लिएका थिए भने १ विकेट रन आउटका रुपमा खसेको थियो। खेलका प्लेयर अफ द म्याच डेविड वार्नर भएका थिए।
 
दिल्ली-कोलकाता
टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुामउँदै १८६ रन बनाएको थियो। पहिलो ओभरमा २ रनमा २ विकेट गुमाएको दिल्लीलाई करुण नायर र साम बिलिङ्सले सम्हालेका थिए। नायरले ५० बलमा ६८ रन बनाए भने बिलिङ्सले ३४ बलमा ५४ रनको योगदान दिएका थिए। 
 
तल्लोक्रममा ब्याटिङ गर्न आएका टि-२० विश्वकपको फाईनलका हिरो कार्लोस ब्राथवेटले ११ बलमा ३ छख्का र ३ चौकाको मदतले ३४ रन बनाएका थिए। कोलकाताका आन्द्रे रसेल र उमेश यादवले ३-३ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको कोलकाता १८.३ ओभरमा १५९ रन बानउँदै अलआउट भएको थियो। कोलकाताका रविन उथप्पाले ७२ रन बनाएका थिए भने सुर्यकुमार यादवले २१ रनको योगदान दिएका थिए। 
 
दिल्लीका ब्राथवेट र जाहिर खानले ३-३ विकेट लिएका थिए। अलराउण्ड प्रदर्शन गरेका ब्राथवेट प्लेयर अफ दि म्याच घोषित भएका थिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ