arrow

पाकिस्तानमा कोरोनाभाइरसबाट १९ हजार बढी सङ्क्रमित, ४४० को मृत्यु

logo
एएनआई,
प्रकाशित २०७७ वैशाख २१ आइतबार
corona-pakistan.jpg

इस्लामावाद। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पाकिस्तानमा सङ्क्रमितको संख्या १९ हजार बढी पुगेको छ। पाकिस्तानी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार देशभरी कुल १९ हजार एक सय ९ जना सङ्क्रमित भएका हुन्।

त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४४० पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन्। पछिल्लो विवरण अनुसार पञ्जाब प्रान्तमा छ हजार ८५४ जना, सिन्धमा सात हजार १०२ जना, केपीमा दुई हजार ९०७ जना र बालुचिस्तानमा एक हजार १७२ जना सङ्क्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा १८ जना स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । तीमध्ये १५ जना त चिकित्सक नै रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ