arrow

१५ जना संक्रमित सबै नेपालगञ्ज ८ जोलहनपुर्वाका एकै समुदायका

logo
सौरभ गिरी,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
nepaljung-corona-victim.jpg

बाँके। नेपालगञ्जमा आइतवार कोरोना पुष्टि भएका १५ जना नै एउटै टोलका एकै समुदायका रहेको फेला परेको छ। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलहनपुर्वा टोलबाट शनिवार संकलन गरिएका स्वाब मध्ये ५५ जनाको परिक्षण गरिसक्दा १५ जनामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए। अब ३५ जनाको रिपार्ट आउन बाँकी छ।

नेपालगञ्ज वडा नम्बर ७ डिएसपी रोडका पहिलो संक्रमित ६० बर्षीय पुरुषसँग सम्पर्कमा आएका ९० जनाको हिजो स्वाब संकलन गरिएको थियो। पहिलो संक्रमति व्यक्ति जोलहनपुर्वास्थित मस्जिदमा आउजाउ गर्नुका साथै त्यहाँ रहेको मदरसामा स्थानीय बालबालिकालाई पढाउने गरेको थाहा भएपछि हिजो त्यस क्षेत्रबाट स्वाब लिइएको थियो।

ति व्यक्ति भारतको राजधानी नयाँ दिल्लीस्थित निजामुद्धि मर्कजमा भएको जमातमा भाग लिएर आएका जमाती रहेको बुझिएको छ। लकडाउन अघी नै उनी नेपाल आएको बताइए पनि संक्रमण यतिखेर देखिएको हो। संक्रमित व्यक्तिहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखिने छ। पहिलो संक्रमित व्यक्तिको खजुरामै उपचार भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ