arrow

भारतमा कोरोनाबाट एकै दिन २ हजार ८ सय संक्रमित थपिए, ६८ को मृत्यु

विश्वभरमा बढी संक्रमित भएको देशमा १५ औं स्थानमा, लकडाउन १७ मेसम्म

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
corona-india-delhi.JPG

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । विगत २४ घण्टामा २ हजार ८०६ जना नयाँ संक्रमित थपिएका छन् । 

विश्वभर ३५ लाख ६३ हजार बढी संक्रमित भएकामा भारतमा ४० हजार ५०५ संक्रमित भएका छन् । १ हजार ३९१ जनाको ज्यान गएकामा २४ घण्टामा ६८ जना थपिएका छन् । 

भारतमा पछिल्लो समय संक्रमित निकै बढेका छन् । आइतबार गुजरातमा २८ जनाको ज्यान गएको छ । गुजरातको अहमदावादमा मात्रै मृतकको संख्या २०८ पुगेको छ । 

महाराष्ट्रमा आइतबार २७ को ज्यान गएको छ । मुम्बईमा ३४३ को ज्यान गइसकेको छ । पछिल्लो ४ दिनमा ३११ जनाको ज्यान गइसकेको छ । 

शनिबार एकैदिन ९८ जनाको ज्यान गएको थियो । नयाँ संक्रमित भने दिल्लीमा ४२७, गुजरातमा ३७४, पंजाबमा ३३०, तमिलनाडुमा २६६, हरियानामा ६६ र जम्मू–कश्मीरमा ३५ जना थपिएका छन् । 

विश्वमा सबैभन्दा बढी संक्रमितको तालिकामा भारत १५ औं स्थानमा पुगेको छ । लकडाउन १७ मेसम्म बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ