arrow

मौसम दिनभर बिग्रने, सचेत रहन आग्रह

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी  भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भइरहेको छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार सोमबार दिनभर नै मौसममा बदली हुनेछ । 

काठमाडौं उपत्यकाको मौसम पनि बिग्रिएको छ । तापक्रम केही घटेको छ । केही दिनदेखि अधिकतम तापक्रममा कमी आएको छ ।  काठमाडौं उपत्यकामा चिसो हावा आइरहेको छ । 

वर्षासमेत हुने नगरकोटीले बताइन् । आगामी बुधबारसम्मै मौसममा बदली भइरहने महाशाखाले जनाएको छ । 

देशका केही स्थानहरूमा  मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ