arrow

कोरोनाको क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि 

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
corona-virus-awareness.jpg

झिमरुक । प्युठानका क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक औषधि वितरण शुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न स्थानीय तहका सबै क्वारेन्टाइनमा औषधि वितरण शुरु गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । 

सोअनुसार मल्लरानी गाउँपालिका–४ का दुई क्वारेन्टाइनमा बस्दै आएका २४ व्यक्तिलाई रोग प्रतिरोधात्मक औषधि वितरण गरिएको छ । 

त्यहाँका होम क्वारेन्टाइनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई शरीरमा रोगसँग लड्ने प्रतिरोधात्मक औषधि वितरण गरिने र आवश्यक परेमा तनाव व्यवस्थापनसम्बन्धी मनोविमर्श सेवा प्रदान गरिने निमित्त कार्यालय प्रमुख शिशिर पोख्रेलले बताए ।

प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने औषधि गुडुची, पाखनवेद, अमलालगायत मिश्रणबाट बनाइएको धुलो चिया जस्तै पकाएर खान सकिने उनको भनाइ  छ । 

 प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयको निर्देशननुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोभिड –१९ रोकथाम तथा व्यवस्थापनसम्बन्धी स्रोत सामग्री २०७७ कार्यान्वयनबमोजिम कार्यक्रम सञ्चालन गरिएको निरीक्षक टुकबहादुर रोकाले जानकारी दिए ।

होटल व्यवसायी मारमा
लकडाउन लम्बिएसंँगै जिल्लाका पर्यटन, रेष्टुरेण्ट, खाजा,  होटल व्यवसायी तथा उद्योगी बढी मारमा परेका छन् ।  जिल्लाका नौ वटै स्थानीय तहमा होटल व्यवसायी संघमा आबद्ध करीब ६५० होटल व्यवसायी रहेको संघका अध्यक्ष गञ्जबहादुर थापाले बताए । उनका अनुसार गत चैत १० गतेदेखि नै जिल्लाका होटल व्यवसायीले व्यवसाय बन्द गरिबसेका छन् । 

कोरोना भाइरसको त्रासले जिल्लामा भित्रिने व्यक्ति तथा विभिन्न सभासम्मेलन र  पर्यटकको आवागमन ठप्प हुँदा होटल व्यवसाय ओरालो लागेको जिल्लाका होटल व्यवसायी बताउँछन् । 

होटल सञ्चालनका लागि जिल्लामा धेरै व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर व्यवसाय गरेकाले बैंकको ब्याज मिनाहा भएमा केही थप सहज हुने थापाले बताए ।

जिल्लाका करीब दुई सय  होटल भाडाकै घरमा सञ्चालित छन् । प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा रहेको जिल्लाकै ठूलो होटल आयुष्माका लेखापाल केशर खड्काले  कोरोनाका कारण चैत १० गतेदेखि होटल बन्द गरिएको बताए । उनका होटल बन्दसँंगै त्यहाँका दैनिक १४  कर्मचारीको काम रोकिएको छ ।

होटल आयुष्माले मासिक रु एक लाख १० हजार घरभाडा तिर्दै आएकामा अहिले व्यवसाय बन्द हुँदा घर भाडा कसरी तिर्ने भन्नेमा चिन्ता बढेको  लेखापाल खड्काले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ