arrow

लकडाउनले विश्वभर ४ करोड ४० लाख महिलाले गर्भनिरोधको प्रयोग गर्न पाएनन् 

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
Rape.jpg.jpeg

काठमाडौं । कोरोना भाइरसको चक्करले जनजीवन अस्तव्यस्त हुँदै गएको छ । दैनिक खानपानमात्र हैन रहन सहन नै बदलिएको छ । 

लकडाउनमा श्रीमान् काममा नजाँदा समस्या धेरै नै खेपेका छन् महिलाले । कतिपय ठाउँमा महिलाबाट पुरुष पनि हिंसामा परेका छन् । 

तर मुख्यरुपमा हेर्ने हो भने परिवारमा लकडाउनले कलह बढेको छ । युएन पपुलेसन फन्ड एएनपीएफका अनुसार विश्वभर लकडाउनका कारण घरेलु हिंसा २० प्रतिशतसम्मले बढेको छ । 

विश्वभर सन् २०२० मा डेड करोड घरेलु हिंसाका घटना बाहिर आउने अनुमान गरिएको छ । 

युएनका अनुसार विगत ३ महिनामा ४ करोड ४० लाख महिला विभिन्न पावन्दीबीच गर्भ निरोधको प्रयोग गर्न पाएनन् । 

यिनीहरु ११४ देशका निम्न आय र मध्यम आय भएका महिलाहरु हुन् । 

यो समयमा अनिच्छित १० लाख गर्भ रहने पनि युएनले अनुमान गरेको छ । 

शोधकर्ताहरुका अनुसार पावन्तीबीच अगाडि बढिरहँदा १० वर्षमा ५३ लाख केटीहरुको बिहे समयभन्दा पहिले नै हुने देखिएको छ । 

१ करोड ३० लाख बालविवाह हुन सक्ने आंकलन पनि गरिएको छ । (एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ