arrow

कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्न १० प्रहरी अधिकृतलाई प्रशिक्षण

logo
प्रकाशित २०७७ वैशाख २२ सोमबार
nepal-police.jpeg

डडेल्धुरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु हुन गएको खण्डमा त्यसको शव व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण आज यहाँ सञ्चालन भएको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कोरोना भाइरस संक्रमितको मृत्यु भएको खण्डमा त्यसको शव कसरी व्यवस्थापन गर्ने सम्बन्धी प्रशिक्षण दिएको हो । जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठ र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले कोरोना भाइरस संक्रमितको शव व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका छन् । 

कोरोना महामारीबाट मृत्यु हुनेहरुको शव समयमै व्यवस्थापन गर्न नसके थप सङ्कट सिर्जना हुनसक्ने भएकाले समयमै सतर्कता अपनाउनका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका १० जना प्रहरी अधिकृतलाई सो विषयमा प्रशिक्षण दिएको प्रशिक्षक एंव प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।  उनले भने, “कोरोनाको महामारी बढ्दै गएमा प्रहरी उच्च जोखिममा रहने भएकाले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रहरीलाई यस विषयमा प्रशिक्षण दिएको छ ।”

सुरक्षित रुपमा शव व्यवस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण दिएको जनस्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए । शव व्यवस्थापन गर्दा पिपिई लगाउने, शव बोक्ने सामग्री र सवारी साधनलाई स्यानिटाइज गर्ने, परिवार तथा समुदायलाई टाढै राखेर शव व्यवस्थापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ