arrow

ऐन कार्यान्वयन फितलो हुँदा लोपउन्मुख कृष्णसार धर्म संकटमा

जंगली जनावरद्वारा आक्रमण जारी 

logo
नारायण वली,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
krishnasar.jpg

रुपन्देही । प्रदेश नं.५ अन्र्तगत वर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा रहेका लोपउन्मुख जनावरको रुपमा परिचित कृष्णसारको पछिल्लो समय साना वच्चाहरुको संख्या थपिए सँंगै अव्यवस्थित रहेका उक्त जनावरको सुरक्षामा समस्या देखिएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं.२ खैरापुर स्थितमा उक्त लोपउन्मुख जनावरको संरक्षण गरिदै आईएको छ ।

तारवार तथा पर्खाल विना नै खुल्ला चउरमा कृष्णसारहरु रहेको र नजिकैको जंगल बाट निस्किएका स्याल, बाघ र कुकुरहरुले कृष्णसारलाई दैनिकजसो आक्रमण गर्ने क्रम वढ्दै गएपछि संरक्षणमा चुनौती वढेको कृष्णसार संरक्षण केन्द्रका संरक्षण प्रमुख अर्जुन भुसालले वताए ।

वर्दियाको खैरापुरमा रहेको ७ सय ८ बिघा क्षेत्रफल कृष्णसार संरक्षण क्षेत्र, ऐन कार्यान्वयन फितलो भएका कारण संरक्षण अव्यवस्थित हुन पुगेको कर्मचारीहरुले बताएका छन् । यसैविच वन तथा वतावरण मन्त्रालय अन्र्तगत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा सञ्चालित सो क्षेत्रमा अहिले २ सय १६ वटा ठुला र भर्खरै जन्मिएका ५० वटा बच्चा सहित कुल २ सय ६६ वटा रहेको सो कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ